भक्तपुरबाट चोरी गर्ने गिरोह पक्राउ
भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका–६ दार्जलिङ हाइटमा बस्ने जीतबहादुर तामाङको कोठाबाट विभिन्न सामान चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले चोरीमा संलग्न रहेको अभियोगमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ भारदेउ घर भई हाल ललितपुरको ग्वार्खो बस्ने १९ वर्षीय राजु तामाङ र काभ्रे तेमाल गाउँपालिका– ९ मेच्छे घर भई हाल ललितपुर जिल्ला इमाडोल बस्ने २१ वर्षीय किसन तामाङलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार तामाङको कोठाबाट नगद रु एक लाख र मोबाइल सेट एक थान र सूर्यविनायक–६ सुन्दरबस्तीमा कोठामा बस्ने रमिता तामाङको मोबाइल सेट एक थानसहित दुई जनालाई पक्राउ गरेको प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
निजहरुको साथबाट प्रहरीले चोरिएका मोबाइल, सुनचाँदीका गहना, नगद बरामद गरेको र गिरोहमध्येका फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । यो गिरोहले अन्य क्षेत्रमा पनि चोरी गरेको खुलेकाले थप अनुसन्धान अगाडि बढाएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार