मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रणबीरले घुँडा टेकेर दीपिकालाई प्रपोज गरे, दुलही भावुक हुँदा कसिलो अँगालो हाले

बुधबार, २८ कात्तिक २०७५, १२ : १४
बुधबार, २८ कात्तिक २०७५

बलिउडको निकै चर्चित जोडी रणबीर सिंह र दीपिका पादुकोणको विवाह सोमबारबाट सुरु भएको छ । नोभेम्बर १३ मा उनीहरुको संगीत कार्यक्रम भयो । यस्तै, १४–१५ नोभेम्बरमा इटलीको लेक कोमोमा विवाह हुँदैछ ।

मिडिया रिपोर्ट अनुसार सोमबार यो जोडीले परम्पारिक कोंकणी संस्कृतिमा इन्गेजमेन्ट गरे । आज कोंकणी रिवाजमा विवाह हुँदैछ ।

रिपोर्ट अनुसार जब दुबैले औंठी साटे तब दीपिका भावुक भइन् । उनको आँखामा आँसु देखेपछि त्यहाँ उपस्थित सबै भावुक भएको बताइन्छ ।

डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार जब दुबैले औंठी साटे तब त्यतिबेला रणबीरले दीपिकाका लागि एक भावुक भाषण दिएर प्रेम व्यक्त गरे । रिंग सेरेमनीमा रणबीरले आफ्नो घुँडा टेकेर दीपिकाका लागि प्रेम जताए । यो देखेर दीपिका निकै भावुक भइन् । त्यतिबेला रणबीर सिंहले उनलाई निकै कसिलो अँगालो हाले ।

रणबीरकी स्टाइलिस्ट निताशा गौरवले ट्वीट गरिन्, ‘कुनै तस्बिर थिएन तब दुबैलाई सँगै देख्नु निकै शानदार थियो । आफ्नो आँसु रोक्न सकिरहेको छैन । तर यो खुसीको आँसु हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप