ह्वाइट वाइनबाट दौडिन्छ प्रिन्स चार्ल्सको कार, पकाउने तेलबाट चल्छ महारानीको शाही रेल
ब्रिटेनकी महारानी एलिजाबेथ द्वीतीयका छोरा प्रिन्स चार्ल्सको ५० वर्ष पुरानो कार पेट्रोल, डिजल वा ग्यासको सट्टा इंगल्याण्डको चर्चित ह्वाइट वाइनबाट चल्छ । चार्ल्स विलासी कारका जति ठूला शौखिन हुन् त्यति नै ठूला पर्यावरण प्रेमी पनि । प्रदुषण कम गर्ने उद्देश्यसहित उनले आफ्नो एस्टन मार्टिन कारमा विशेष परिवर्तन गरेका छन् ।
प्रिन्स चार्ल्सको जन्मदिन आजः
पर्यावरण संरक्षणसम्बन्धि मुद्दामा निकै सक्रिय रुपमा काम गर्ने चार्ल्सले आफ्नो कारमात्र नभई राजघरानाको शाही रेललाई पनि पर्यावरण अनुकूल बनाएका छन् । उनको शाही रेललाई चलाउनका लागि पकाउनका लागि प्रयोग हुने तेल प्रयोग हुन्छ । आज प्रिन्स चार्ल्सको ७० औं जन्मदिन हो । यो मौकामा बनिरहेको एक डकुमेन्ट्री फिल्ममा यसबारे चर्चा गरिएको छ ।
प्रिन्सले २१ औं जन्मदिनमा उपहारस्वरुप पाएका थिए एस्टन मार्टिन कारः
महारानीले प्रिन्स चार्ल्सलाई सन् १९६९ मा उनको २१ औं जन्मदिनमा विलासी कार कम्पनी एस्टन मार्टिनको डीबी–५ वोलान्त मोडल उपहारस्वरुप दिएका थिए । यो कारलाई प्रिन्सले अहिले पनि चलाउँछन् । यसबारे उनले भने, ‘संसारमा जब बायोफ्युल टेक्नोलोजी भित्रियो तब म यसतर्फ आकर्षित भएँ । सन् २००८ मा मैले एस्टन मार्टिनको इन्जिनियरसँग यो कारलाई पूर्ण रुपमा बायोफ्युलबाट चल्न लायक बनाइदिन आग्रह गरें ।’
‘सुरुमा कारलाई बायोफ्युलमार्फत चल्न लायक बनाउने प्रयास गर्दा कार पूर्ण रुपमा खराब हुनसक्ने इन्जिनियरले बताएका थिए । तर मैले यदि यस्तो गर्न सफल नभए आफूले उक्त कार चलाउँदै नचलाउने निर्णय सुनाएपछि यसबारे काम सुरु गरिएको हो, ’ उनले भने ।
उनले थपे, ‘त्यसपछि इन्जिनियरले अनुसन्धान गरेपछि यसमा ह्वाइट वाइनलाई बायोफ्युलको रुपमा प्रयोग गरेर चलाउन सकिने पत्ता लगाए । ’
बायोफ्युलको प्रयोगपश्चात् आफ्नो कारले कम प्रदुषण फैलाउने र क्षमतामा पनि वृद्धि भएको उनले जानकारी दिए ।
८५ प्रतिशत वाइन र १५ प्रतिशत पेट्रोलको सम्मिश्रणले दौडन्छ कारः
एस्टन मार्टिनका इन्जिनियरका अनुसार प्रिन्स चार्ल्सको उक्त कार एक विशेष मिश्रण भएको E-85 फ्युलमार्फत चल्छ । यो फ्युलमा ८५ प्रतिशतसम्म ह्वाइट वाइन र १५ प्रतिशत पेट्रोल हुन्छ । यो विशेष फ्युललाई बायोइथानोल पनि भनिन्छ ।
खाना बनाउने तेलले दौडन्छ शाही घरानाको रेलः
प्रिन्स चार्ल्सले आफ्नो कारलाई बायोफ्रेन्डली बनाउनुअघि शाही रेल रोयल सोवरिनलाई पर्यावरणमैत्री बनाइसकेका छन् । यो रेलबाट हुने प्रदुषण घटाउनका लागि चार्ल्सले निकै मेहनत गरे र ट्रेन अपरेटर र लोकोमोटिव इन्जिनियरसँगै काम गरे ।
शत प्रतिशत बायोफ्युलबाट चल्ने यो रेलमा खाना बनाइसकेपछि बचेको तेलको प्रयोग हुन्छ । विदेशमा एकपटक खाना बनाएपछि बचेको तेललाई प्रयोग गरिँदैन । बायोफ्युलको प्रयोगबाट चल्ने यो रेलबाट कार्बन उत्सर्जन २० प्रतिशतसम्म घट्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन