शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मध्यभोटेकोशीको सेयर खुल्यो, कसले कति भर्न पाउँछन् ?

बुधबार, २८ कात्तिक २०७५, ११ : १३
बुधबार, २८ कात्तिक २०७५

मध्य भोटेकोशी जलविद्युत आयोजनाको साधारण सेयर आजबाट बिक्रि खुला भएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड १७ लाख कित्ता साधारण सेयर सञ्चयकर्ताका लागि बिक्रि खुला गरेको हो । 

यस सेयरका लागि २०६८ मंसिर २२ मा बहाल रहेका र  यहि मितिदेखि विवरणपत्र स्विकृत भएको मिति २०७५ असोज २९ गतेसम्म थप भएका सञ्चयकर्ताले आवेदन दिन पाउनेछन् । आवेदन दिन चाहने आवेदकले मंसिर १४ गतेभित्र आवेदन दिन सक्नेछन् । सञ्चयकर्ताको न्युनतम ५० कित्ता देखि अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन सिआस्वा बैंक तथा वित्तिय संस्थाबाट दिन सकिनेछ । 

१०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लामा रहेको छ । संस्थापक संगठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता बिक्रि गर्न लागेको हो । यसका लागि भने मंसिर १८ गतेदेखि २६ गतेसम्मका लागि आवेदन दिन सक्नेछन् । । यस आइपिओलाई केयर रेटिङले केयर एनपी आइपिओ ग्रेड चार प्लस दिएको छ । यो भनेको कम्पनीको अवस्था औसत भन्दा तल हो । 

यसको विक्रि प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल हो भने सहायक विक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सानिमा क्यापिटल, सिभिल क्यापिटल मार्केट र सिबिआइएल क्यापिटल रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप