वामदेवको गुनासोः मेरो चरित्रमा खेलबाड गरियो
काठमाडौं– नेकपाका सचिवालय सदस्य वामदेव गौतमले मिडियाले आफूले बोल्दै नबोलेको कुरा सञ्चारमाध्यममा आएको भन्दै आपत्ति जनाएका छन् ।
गौतमले सांसद नपाएपछि राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन प्रधानमन्त्री केपी ओली शर्मा ओलीसँग प्रस्ताव गरेको दाबी सहित एक पत्रिकाले खबर छापेको थियो । तर, सो प्रस्तावलाई ओलीले अस्वीकार गरेको समाचारमा उल्लेख गरिएको थियो ।
गौतमले बोल्दै नबोलेको कुरालाई अन्तर्वार्ता नै दिएको जसरी छाप्ने काम भएको भन्दै आफ्नो चरित्रमाथि खेलबाड गरिएको एक विज्ञप्तिमार्फत जनाएका छन् ।
‘नेपाल सरकारले कस्ता नीति अवलम्बन गर्छ, कस्ता नीति अवलम्बन गर्दैन उसको अधिकारको कुरा हो । विकास निर्माणसम्बन्धी ऐनद्वारा निर्देशित प्राधिकरण निर्माण गर्ने विगतमा प्रधानमन्त्रीसँग कुरा भए पनि आज मेरो माग होइन । सरकार र पार्टीका नेताहरुसँग यस सम्बन्धमा मेरो कुनै गुनासो पनि छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी