शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थी नियमित गराउन दिवा खाजाको व्यवस्था

बुधबार, २८ कात्तिक २०७५, १० : ३०
बुधबार, २८ कात्तिक २०७५

दमौली– विद्यालयमा विद्यार्थी नियमित आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ । 

गाउँपालिकाले गाउँपालिकाभित्रका २१ सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको हो । 

विद्यार्थीको उपस्थितिलाई नियमित गर्न दिवा खाजाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष माया रानाले बताए । 

गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय रहेकामा माध्यमिक तहका १० विद्यालयबाहेक आधारभूत, प्राथमिक र बालविकास केन्द्र गरी २१ विद्यालयमा यस वर्षदेखि दिवा खाजाको व्यवस्था गरिएको रानाले बताए । 

“दिवा खाजाको व्यवस्था भएपछि विद्यार्थी नियमित आउने अपेक्षा गरेका छौँ,” उनले भने । 

विद्यार्थी नियमित नआउने समस्या देखेपछि आकर्षण बढाउन खाजाको व्यवस्था गरिएको हो । 

दिवा खाजाको व्यवस्थापनका लागि यस वर्ष रु २५ लाख विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप