मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको सानोभ¥याङमा दुर्घटना हुँदा एक वृद्धाको मृत्यु

बुधबार, २८ कात्तिक २०७५, १० : २०
बुधबार, २८ कात्तिक २०७५

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१५ सानोभ¥याङ नजिक गए राति सडक दुर्घटना परी गोरखा सिरनचोक गाउँपालिका–७ का ७० वर्षीया मोतीसरा भुजेलको मृत्यु भएको छ । 

बा१०प ५१९१ नं को कार र बा२ज ३१५ नंको ट्याक्सी एकापसमा ठोक्किँदा ट्याक्सीमा सवार भुजेल गम्भीर घाइते भएकी हुन् । 

उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा आज मृत्युभएको महानगरीय प्रहरी प्रभाग स्वयम्भूले जनाएको छ । 

ट्याक्सीमा सवार अन्य चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप