बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

४२.२ करोड जनसंख्यालाई लागेको मधुमेह आखिर किन र कसरी हुन्छ ?

बुधबार, २८ कात्तिक २०७५, ०९ : ४४
बुधबार, २८ कात्तिक २०७५

बीबीसी

संसारभरी मधुमेह एउटा यस्तो रोगको रुपमा विकसित भइरहेको छ जुन निकै तीब्र गतिमा बच्चादेखि युवालाई आफ्नो निशाना बनाइरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरी यतिबेला ४२.२ करोड मधुमेहबाट ग्रसित छन् ।

पछिल्लो तीस वर्षमा मधुमेह पीडितको संख्यामा चार गुणा वृद्धि भइरहेको छ ।

मधुमेह पीडितलाई हार्ट अट्याक र हार्ट स्ट्रोक हुनसक्छ ।

यसका साथै मधुमेह हुँदा मृगौला फेल र खुट्टा निष्क्रिय हुनेलगायतका समस्या देखा पर्ने सम्भावना अत्यधिक हुन्छ ।

तर यति हुँदा हुँदै पनि साधारण मानिसहरुमा यो रोगको लक्षण, बचाउ र कारणबारे जागरुकता छैन ।

आखिर किन हुन्छ मधुमेह ?

जब हाम्रो शरिर रगतमा भएको सुगरलाई सोस्न असमर्थ हुन्छ तब यसले मधुमेहलाई जन्म दिन्छ ।

वास्तवमा जब हामी जे खान्छौं हाम्रो शरिरले कार्बोहाइड्रेटलाई तोडेर ग्लुकोजमा परिवर्तन गर्छ ।

त्यसपछि प्यान्क्रियाजबाट इन्सुलिन नामको एउटा हर्मोन निस्कन्छ जसले हाम्रो शरिरको कोशिकालाई ग्लुकोजलाई सोस्न निर्देशन दिन्छ ।

यसो हुँदा हाम्रो शरिरमा ऊर्जा पैदा हुन्छ ।

तर जब इन्सुलिनको फ्लो रोकिन्छ तब हाम्रो शरिरमा ग्लूकोजको मात्रा बढ्न सुरु हुन्छ ।

टाइप वान, टाइप टु मधुमेह के हो ?

मधुमेहका विभिन्न प्रकार हुन्छन् तर टाइप वान, टाइप टु र गेस्टेशनल मधुमेहसँग जोडिएका मामला धेरै पाइन्छन् ।

टाइप वान मधुमेहमा तपाईंको प्यान्क्रियाजमा इन्सुलिन हर्मोन बन्न बन्द हुन्छ । यसले हाम्रो रगतमा ग्लूकोजको मात्रा बढ्न थाल्छ ।

अहिलेसम्म वैज्ञानिकले यस्तो किन हुन्छ भन्ने बारे पत्ता लगाउन सकेका छैनन् ।

यसबाट पीडित मानिसहरुमध्ये लगभग १० प्रतिशत मानिसहरु टाइप वान मधुमेहबाट पीडित हुन्छन् ।

यस्तै, टाइप टु मधुमेहमा प्यान्क्रियाजमा आवश्यकताको हिसाबले इन्सुलिन बन्दैन वा हर्मोनले राम्रोसँग काम गर्दैन ।

टाइप टु मधुमेह यी मानिसहरुलाई हुनसक्छः

– अधवैंसे र वृद्ध–वृद्धालाई

– मोटो र शारिरिक श्रम नगर्ने युवालाई

– दक्षिण एशियाली देशमा बस्ने मानिसहरुलाई

यस्तै केही गर्भवती महिला जेस्टेशनल डायबिटिजबाट पीडित हुनसक्छन् ।

यस्तो अवस्थामा महिलाको शरिरले आफ्नो र बच्चाका लागि पर्याप्त मात्रामा इन्सुलिन बनाउन बन्द गर्छ ।

विभिन्न मापदण्डको आधारमा गरिएको अध्ययनमा सार्वजनिक भएको रिपोर्ट अनुसार ६ देखि १६ प्रतिशत महिलामा जेस्टेशनल डायबिटिजबाट पीडित हुने सम्भावना छ ।

गर्भवती महिलाले यसबाट बच्नका लागि आफ्नो खान्कीलाई नियन्त्रणमा राखेर सुगर लेभललाई नियन्त्रणमा राख्नुपर्छ ।

यसका साथै इन्सुलिनको प्रयोगबाट यसलाई टाइप टु मधुमेहमा परिवर्तन हुनबाट रोक्न सकिन्छ ।

केही मानिसहरु प्रि–डायबिटिजबाट पीडित हुन सक्छन् । रगतमा ग्लूकोजको अत्यधिक मात्रा पछि गएर मधुमेहमा परिवर्तन हुनसक्छ ।

मधुमेहको लक्षण के हो ?

– धेरै पसिना आउनु

– धेरै पिसाब लाग्नु, विशेषगरी राती

– थकान महसुस हुनु

– प्रयास नै नगरी तौल घट्नु

– मुखमा घाउ आउनु

– आँखाको ज्योती कम हुनु

– घाउ  निको हुन समय लाग्नु

ब्रिटिश नेशनल हेल्थ सर्भिसका अनुसार टाइप वान मधुमेहको लक्षण निकै कम उमेरमा नै देख्न सुरु हुन्छ ।

यस्तै, टाइप टु मधुमेह अधँबैंसे (दक्षिण एशियालीहरुका लागि २५ वर्षको आयु), परिवारका कुनै सदस्य मधुमेहबाट पीडित हुँदा र दक्षिण एशियाली देश, चीन, एफ्रो–क्यारिबियन, अफ्रिकाबाट आउने अश्वेतलाई यो रोग लाग्ने अत्यधिक खतरा हुन्छ ।

के तपाईं मधुमेहबाट बच्न सक्नुहुन्छ ?

मधुमेह अनुवांशिक र पर्यावरणीय कारकमा आधारित हुन्छ ।

तर तपाईं आफ्नो रगतमा ग्लूकोजको मात्रालाई नियन्त्रित गरेर आफूलाई मधुमेहबाट बचाउन सक्नुहुन्छ ।

र सन्तुलित आहार र व्यायाम गरेर यस्तो गर्न सकिन्छ ।

तपाईं आफ्नो दैनिकको खानामा सागसब्जी, फलफूल, गेडागुडी समावेश गर्न सक्नुहुन्छ ।

यसका साथै स्वस्थ तेल, बदाम, माछालगायतलाई पनि आफ्नो आहारमा समावेश गर्न सक्नुहुन्छ किनभने यसमा ओमेगा थ्री तेलको मात्रा अत्यधिक हुन्छ ।

शारिरिक व्यायाममार्फत पनि ब्लड सुगर लेभललाई कम गर्न सकिन्छ ।

ब्रिटिश नेशनल हेल्थ सिस्टमका अनुसार मानिसहरुले एक हप्तामा लगभग साढे घण्टा एरोबिक्स एक्सरसाइज गर्नुपर्छ जसमा तीब्र गतिमा हिँड्नु र सिँढि चढ्नु संलग्न छन् ।

यदि शरिरको तौल नियन्त्रणमा छ भने तपाईंले ब्लड सुगर लेभललाई निकै सजिलै कम गर्न सक्नुहुन्छ ।

यस्तै, यदि तपाईं तौल घटाउन चाहनुहुन्छ भने एक हप्तामा आधा किलो वा १ किलोको बीचमा मात्रै घटाउनुहोस् ।

साथै चुरोट नपिउनुहोस् र मुटु रोगबाट बच्नका लागि कोलेस्ट्रोल लेभलको परिक्षण गराइराख्नुहोस् ।

मधुमेहले कस्तो क्षती पुर्याउन सक्छ ?

यदि तपाईंको शरिरमा ब्लड सुगरको लेभल अत्यधिक छ भने यसले तपाईंको रगतको नसालाई क्षती पुर्याउन सक्छ ।

यदि तपाईंको शरिरमा रगत सही ढंगले प्रवाहित भइरहेको छैन भने शरिरका ती हिस्सामा पुग्दैन जहाँ यसको आवश्यकता पर्छ ।

यस्तोमा रगतको नसालाई क्षती पुग्न सक्छ र तपाईंलाई पीडा हुन बन्द हुनसक्छ ।

यसका साथै आँखाको ज्योति कम हुनुका साथै खुट्टामा संक्रमण हुनसक्छ ।

सन् २०१६ मा लगभग १६ लाखको मधुमेहका कारण मृत्यु भएको थियो ।

आखिर कतिजना मधुमेहबाट पीडित छन् ?

सन् १९८० मा १८ वर्षभन्दा बढी उमेर भएका मधुमेहबाट पीडित युवाको प्रतिशत पाँचभन्दा कम थियो ।

तर सन् २०१४ मा यो आँकडा ८.५ प्रतिशतसम्म पुगिसकेको छ ।

अन्तर्राष्ट्रिय डायबिटिज फेडेरेशनले बताए अनुसार निम्न र मध्यम आयवर्ग भएको देशको लगभग ८० प्रतिशत युवाको खानपिनको बानीमा परिवर्तन भइरहेको छ ।

यस्तै, विकसित देशमा मधुमेहले गरिब र सस्तो खाना खान बाध्य बर्गलाई आफ्नो निशाना बनाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप