बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीलाई देखेर जुवाखालमा भागदौड, एकको मृत्यु, ३ घाइते

बुधबार, २८ कात्तिक २०७५, ०९ : ३७
बुधबार, २८ कात्तिक २०७५

डिआर  भट्ट
बैतडी । जात्रामा गएका एक व्यक्ति प्रहरीलाई देखेर भाग्ने क्रममा भिरबाट खसेर मृत्यु भएको छ । 

सिगास गाउँपालिका वडा नं ३ को भूमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका वडा नं ५ का अन्दाजी २० वर्षीय बिरे चुनाराको भिरबाट लडेर मृत्यु भएको हो । 

मेलामा गलत काम भइरहेको छ भन्ने सूचना पाएपछि सिगास प्रहरी चौकीबाट खटिएको टोली पुग्दा राती करिब ११ बजे  जुवाखालमा भागदौड मच्चिएको र सो क्रममा चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिए । 

घटनामा अन्य ३ जना घाइते भएका छन् । 

मन्दिरमा लागेको रतेडी मेलाबाट पाँच सय मिटर पर सो घटना भएको वडा नं ३ का वडा अध्यक्ष सेर सिँह बोहराले जानकारी दिए । 

उनका अनुसार त्यहाँ जुवातास खेल्नेहरुको अखडा रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप