शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी तीन दिनको मौसम पूर्वानुमानः वर्षा र हिमपातको सम्भावना

बुधबार, २८ कात्तिक २०७५, ०९ : ३१
बुधबार, २८ कात्तिक २०७५

काठमाडौँ– मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च हिमाली भू–भागमा हिमपातको सम्भावना औँल्याएको छ । 

आज दिउँसो देशको पश्चिमी भू–भाग, मध्य र पूर्वका पहाडी भेगमा सामान्य बदली रहने तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । 

रातको समयमा पश्चिमी तथा पूर्वी पहाडी भेगका केही स्थानमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । 

पश्चिमी पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । 

बिहीबार पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा सामान्य बदली रहेको छ । आज उपत्यकामा बढी चिसो महसुस गरिएको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ तथा अधिकतम तापक्रम २२ डिग्री सेल्सियस रहेको छ । 

ताप्लेजुङ र जुम्लामा न्यूनतम तापक्रम माइनस डिग्रीमा झरेको छ । सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप