बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ठमेलको रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार

बुधबार, २८ कात्तिक २०७५, ०९ : १०
बुधबार, २८ कात्तिक २०७५

काठमाडौँ– महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । 

महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’अन्तर्गत उनीहरुको उद्दार गरिएको हो । 

वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले विभिन्न डान्सबारमा काम गर्नुका साथै मनोरञ्जन लिइरहेको अवस्थामा बालबालिकाको उद्धार गरिएको जानकारी दिए । “उद्धार गरिएका अधिकांश बालबालिकालाई मनोपरामर्श दिई अभिभावकको जिम्मा लगाएका छौँ”, उनले भने । 

वृत्तले बालबालिकालाई डान्सबारमा काम लगाउने युनिक डान्सबार र बेबो डान्सबारका तीन सञ्चालकलाई समेत पक्राउ गरेको छ । 

उनीहरुलाई बालबालिका ऐन–२०७५ अनुसार कारवाही गरिने केसीले बताए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप