शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंमै नक्कली स्याम्पु र मसला, दुई सञ्चालक पक्राउ

बुधबार, २८ कात्तिक २०७५, ०७ : २४
बुधबार, २८ कात्तिक २०७५

काठमाडौं — बहुराष्ट्रिय कम्पनीको उत्पादन ‘हेड एन्ड सोल्डर’ र ‘बिएमसी’ मसलाको नक्कली उत्पादन गर्ने कम्पनीका दुई सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चन्द्रागिरी–१५ नैकापका वासुप्रसाद बिडारी र ज्योति बिडारी छन् ।

आजको नयाँ पत्रिकामा यो खबर छ, वासु र ज्योति श्रीमान् रश्रीमती हुन् । उनीहरूका दुई कामदार पनि पक्राउ परेका छन् ।

उनीहरूले आफ्नै घरको भुइँतला र कम्पाउन्डमा अत्याधुनिक कारखाना खोलेर नक्कली स्याम्पु र मसला उत्पादन गर्दै आएका थिए ।

ज्योति सोप एन्ड केमिकल्सको नाममा कम्पनी दर्ता गरेर उनीहरूले डेढ वर्षदेखि कारखाना चलाउँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

कम्पनी ज्योति बिडारीको नाममा दर्ता छ । प्रहरीका अनुसार उनीहरूले नक्कली स्याम्पु तथा मसला उत्पादनका लागि मात्रै एक करोड रुपैयाँभन्दा धेरै खर्च गरेर कारखाना खोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप