शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–बादलसँग सहिद परिवारका गुनासा

बुधबार, २८ कात्तिक २०७५, ०७ : २०
बुधबार, २८ कात्तिक २०७५

म्याग्दी — १० वर्षे जनयुद्धका क्रममा पति र छोरी गुमाएकी मंगला गाउँपालिका–२ सिमलचौरकी गुमाकुमारी खड्काले मंगलबार पहिलोपटक प्रचण्ड र रामबहादुर थापा बादललाई भेटिन् ।

नसारोगबाट पीडित पत्नी सीताको उपचारका सिलसिलामा तातोपानी कुण्डमा स्नान गर्न पुगेका नेकपाका अध्यक्ष प्रचण्डसँगै गृहमन्त्री बादल पनि मंगलबार सिमलचौरस्थित खड्काको घर पुगेका थिए ।

प्रचण्ड र बादललाई सामुन्ने देखेपछि खड्का केहीबेर अवाक भइन् । लगत्तै जनयुद्धमा होमिएर परिवारका सदस्य गुमाएको पीडा सम्झँदै उनले भनिन्, ‘जनयुद्धमा होमिएर हामीले परिवारका सदस्य गुमायौँ । संघीय गणतन्त्र आयो ।

अब जनतालाई विकास चाहिएको छ । त्यो जिम्मेवारी पूरा गर्नुहोस् ।’ त्यहाँ जम्मा भएका सहिद परिवारका अन्य सदस्यले पनि उनीहरूलाई जनचाहना पूरा गर्न आग्रह गरेका थिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप