वामदेवलाई अर्को झड्का, प्रधानमन्त्रीद्धारा प्रस्ताव अस्वीकार
बुधबार, २८ कात्तिक २०७५, ०७ : ०१
काठमाडौं — राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफुलाई दिन नेकपा नेता वामदेव गौतमले राखेको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका छन् ।
रुष्ट गौतमले गैरनाफामुलक निजी कम्पनी खोलेर विकास अभियानको नेतृत्व गर्ने र सबैलाई चकित बनाउने दाबी गरेका छन् ।
गत संसदीय निर्वाचनमा बर्दियाबाट पराजित गौतम सक्रिय भुमिकामा फर्कन आतुर छन् ।
संसदमा जान उनले डोल्पा, बैतडी, दैलेख, बाँके, प्युठान, नवलपरासीका सांसदलाई राजीनामा दिन आग्रह गरेका थिए ।
अरु सांसदले अस्वीकार गरे पनि काठमाडौं ७ का रामवीर मानन्धर राजीनामा दिन तयार भएका थिए । तर, पार्टीभित्रकै शक्तिले आफुलार्य संसदमा जान रोकेको उनको गुनासो छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ । संसद्को मार्ग लगभग बन्द भएपछि गौतमले राष्ट्रिय पुननिर्माण प्राधिकरण गठनको नयाँ पहल सुरु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज