मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बीस लाख बिरुवा रोपियो

मङ्गलबार, २७ कात्तिक २०७५, १९ : ४३
मङ्गलबार, २७ कात्तिक २०७५

काठमाडौँ– सरकारले सञ्चालन गरेको ‘एक नागरिक एक फलफूल’ अभियानअन्तर्गत देशभर करीब २० लाख फलफूलका बिरुवा रोपिएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले अभियानमा नागरिकले स्वतःस्फूर्त रुपमा फलफूलका बिरुवा रोपेको जानकारी दिए । सबै जिल्लामा अभियानअनुसार फलफूलका बिरुवा रोपिएका छन् । 

उनले भने, ‘‘जिल्लाबाट विवरण आउन थालेका छन् । अहिलेसम्मको विवरणमा करीब २० लाख बिरुवा रोपिएका छन् ।’ वर्षभर चल्ने यस अभियानमा सबै नागरिकले कम्तीमा एउटा फलफूलको बिरुवा रोप्ने उहाँले विश्वास व्यक्त गरे । 

रोपिएका बिरुवाका जानकारीको विवरण प्रजिअले प्रधानमन्त्री कार्यालयमा पठाउने गरेका छन् । विश्व वातावरण दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २३ गते सिंहदरवारमा लिची र एभोकाडोको बिरुवा रोपेर अभियान शुरु गरेक थिए । 

मुलुकलाई फलफूलबाट आत्मनिर्भर बनाउन सरकारले ‘एक नागरिक एक फलफूल’ अभियान शुरु गरेको हो । प्रवक्ता कुँवरले रोपिएका बिरुवा स्थानीय तहको समन्वयमा संरक्षण गरिने बताए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप