बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दीपेन्द्रको चतुर्‍याई, १८ माघमै ‘गोपी’

मङ्गलबार, २७ कात्तिक २०७५, १९ : ३४
मङ्गलबार, २७ कात्तिक २०७५

काठमाडौं– पत्रकार दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘गोपी’ को रिलिज मिति परिवर्तन भएको छ । आगामी १५ चैतमा आउने भनिएको यो चलचित्र १८ माघमै आउने भएको छ । पोस्टप्रोडक्सन पनि चाँडै सकिएको र देशविदेशका दर्शकले छिट्टै रिलिज गर्न आग्रह गरेका कारण चलचित्र १८ माघमा ल्याउन लागेको निर्देशक लामाले बताए ।

विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका चलचित्रमा रहेको छ ।  गोपीलाई नेपालभर मनोज राठी र उज्वल पौडेलको वैंकेटस इन्टरटेनमेन्टले वितरण गर्नेछ । निर्माता मणिकर्ण केसी र वितरकका तर्पmबाट मनोज राठीले सोमवार वितरण सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

‘चलचित्रको रिलिजका लागि सबैभन्दा अनुकूल १८ माघ देखिएकोले पनि हाम्रो छनोटमा उक्त दिन परेको हो,’ निर्माता केसीले भने । आरोही इन्टरटेनमेन्टको व्यानरमा बनेको गोपीका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । एमए पढेर पनि गाईपालनमा होमिएका एक युवकको संघर्षकथा फिल्ममा समेटिएको पटकथा लेखक सामिप्यराज तिमल्सिना बताउँछन् । 

काठमाडौंको टोखा क्षेत्रमा छायाँकन गरिएको गोपीमा शैलेन्द्रध्वज कार्कीको सिनेमाटोग्राफी, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत तथा विप्लव प्रतिक र बुद्धिसागरका गीत समावेश छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप