शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मलामाथि न्याय गर्न माग गर्दै जनकपुरमा दिप प्रज्वलन

मङ्गलबार, २७ कात्तिक २०७५, १९ : २८
मङ्गलबार, २७ कात्तिक २०७५

जनकपुर–मिथिलासहित समग्र देश छठ पर्वमा व्यस्त रहेको बेला जनकपुरमा विद्यार्थीहरुले निर्मलाका न्यायका लागि दिप प्रज्वलन गरेका छन् । मङ्गलवार साँझ जनकपुरस्थित जानकी मन्दिर परिषरमा ११०औं दिनको अवसर पारी एकीकृत बाल क्लबको आयोजनामा निर्मला पन्तलाई न्याय दिन सरकारलाई खबरदारी गर्दै दिप प्रज्वलन गरेका हुन् ।

निर्मलामाथि समानजनक ढङ्गले न्याय दिलाउनका लागि सरकारलाई खबरदारी स्वरुप दिप प्रज्वलन गरिएको अध्यक्ष दिवाकर उप्रेतीले बताए । त्यस्तै मानवअधिकारकर्मी वीरेन्द्र कर्णले भने, ‘बलात्कारजस्तो जघन्य घटनामा पनि राजनीतिले प्रश्रय पाउनु सरकारको लागि लाजमर्दो कुरो हो । यसमा निर्मलाले न्याय पाउनुपर्छ ।’

दिप प्रज्वलनमा युवा विद्यार्थी, अभियानकर्मी, अधिकारकर्मी लगायतकाहरुको उपस्थिति रहेको थियो । निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्दा पनि सो प्रकरण झनै रहस्यमय बन्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप