शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा ट्रकमा भेटियो ८ जनाको शव

सोमबार, ०९ साउन २०७४, १० : २३
सोमबार, ०९ साउन २०७४

टेक्सास  – अमेरिकाको टेक्सास राज्यमा एउटा ट्रकभित्र दुई बालबालिकासहित ८ जनाको शव फेला परेको छ ।

वालमार्टको कार पार्कमा रोकिएर राखिएको ट्रकमा सो शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त ट्रकका चालकलाई पक्राउ गरेको छ ।

पछि अन्य एकजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अध्यागमनका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

ट्रकमा अन्य ३० जना रहेका थिए । बाहिर ३८ डिग्री तापक्रम रहेकोमा ट्रकमा एयरकन्डिसन र पानी पनि उपलब्ध नभएको कारण निसास्एिर उनीहरुको मृत्यु भएको प्रहरीको आशंका रहेको छ ।

प्रहरीले यसलाई मानवतस्करीको घटना बताएको छ ।
ट्रकमा रहेका २० जनालाई हवाईमाध्यमबाट अस्पताल लगिएको थियो भने अन्य आठलाई विभिन्न माध्यमबाट अस्पताल पुर्याइएको थियो ।

घटना भएको स्यान एन्टोनियो अमेरिका र मेक्सिकोको सीमाबाट केही घण्टा टाढा रहेको छ । 
प्रहरीले मृतकहरुको पहिचान गर्ने प्रयास गरिरहेको छ ।

प्रहरी प्रमुख विलियम म्याकम्यानसका अनुसार मारिनेमा स्कूले विद्यार्थीदेखि ३० वर्ष उमेर समूहका रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप