शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘ड्रिम गर्ल’ मनोरञ्जले भरिएको छ : निर्देशक आचार्य

मङ्गलबार, २७ कात्तिक २०७५, १७ : ४९
मङ्गलबार, २७ कात्तिक २०७५

काठमाडौं– ‘ड्रिम गर्ल’ ७ मंसिरबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हो । प्रेमकथामा निर्माण भएको चलचित्रमा ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशन रहेको छ ।  ‘ड्रिम गर्ल’ पूर्ण मनोरञ्जनात्मक प्याकेजले भरिएको चलचित्र  भएको निर्देशक आचार्यले बताए । ‘मेरो यो महत्वकांक्षी चलचित्र पनि हो’ निर्देशक आचार्यले भने– ‘हेर्न दर्शक निरास हुनुपर्दैन ।’

यसअगाडि ‘सपना तिम्रो मेरो’ र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ जस्ता चलचित्र निर्देशक गरेका आचार्यले करिब दुई बर्षको होमवर्कबाट ‘ड्रिम गर्ल’ को कथा तयार पारेका हुन् ।  ‘यात्रा जिन्दगीको’, ‘आफन्त’, ‘विश्वास’ र सन्जिवनी’ लगायत आधा दर्जन बढी सिरियलका करिब २ हजार एपिसोड जति निर्देशन गरेका आचार्यले त्यो अनुभवसमेत ‘ड्रिम गर्ल’मा उतारेको बताए । 

मुम्बईबाट एक बर्षको चलचित्र निर्माण कोर्स समेत पुरा गरेका आचार्यलाई यो चलचित्र निर्माणमा अर्जुन शर्मा र रामेश्वर धितालले सघाएका छन् । चलचित्रमा सहनिर्माताको रुपमा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी आबद्ध छ । 

दुई करोडभन्दा बढी लगानी बताइएको चलचित्रमा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन बिक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गंैडा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायतको मुख्य भूमिकामा अभिनय रहेको छ । 

निर्देशक आचार्यले केही पहिले दुई चलचित्र ‘चुरीफुरी’ र ‘द्रौपदी’को समेत घोषणा गरेका छन् । ड्रिम गर्ल प्रदर्शनपछि चलचित्रको छायाँकन सुरु गर्ने उनको तयारी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप