शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खोटाङ युके बार्षिक भेलामा 'एम्बुलेन्स प्रोजेक्ट' समापन

सोमबार, ०९ साउन २०७४, १० : १६
सोमबार, ०९ साउन २०७४

खोटाङ सेवा समाज युकेको करिब तिन बर्ष लामो खोटाङ युके एम्बुलेन्स प्रोजेक्टको समापन भएको छ । खोटाङ सेवा समाज युकेको बेलायतबासी खोटाङेहरु बिच एघारौ बर्षिक भेलामा प्रोजेक्ट समापन सम्पन्न भएको हो । 

बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ओखलढुंगा, भोजपुर, धनकुटा, ताप्लेजुङ र इलाम जिल्ला संगठनहरुबाट अध्यक्ष तथा प्रतिनिधीहरु क्रमश नानीबाबु मगर, देबेन्द्र राई, अमर बहादुर राना, अमृता पालुङ्वा र प्रमिला लाबुङ राई सहित बेलायत भ्रमणमा रहेका चर्चित युबा गायक रेवत राई अतिथि थिए । 

खोटाङ युके एम्बुलेन्स प्रोजेक्ट अन्तर्गत खोटाङ सेवा समाज बेलायतले खोटाङ जिल्लालाई एक अल्ट्रा साउन्ड मेसिन सहित ७ एम्बुलेन्सहरु अनुदान गरेको थियो ।

किरात राई हाउस गेम्बल ल्याण्डमा आयोजित कार्यक्रमको दोस्रो चरणमा खोटाङ नव प्रतिभा २०१७ को घोषणा तथा रनिङ शिल्ड हस्तान्तरण गरियो ।

स्थापनाकाल देखि नै संचालित खोटाङ नव प्रतिभा पुरस्कार २०१७ उच्च शिक्षामा उत्कृष्ट नतिजाको लागि सुश्री स्रिजु राईलाई प्रदान गरियो । साथै अन्य दर्जनौ युवाहरुलाई प्रसंशा पत्र पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा चौथो कार्य समितिको घोषणा पनि गरिएको छ । चौथो कार्य समितिको अध्यक्षमा मे (रि.) भुपजित राई, उपाध्यक्षहरुमा रत्न राई, ईश्वर चाम्लिङ, प्रसाद राई, भाग्यवती राई, डा. प्रमोद कोयी महासचिवमा नवराज राई, उपमहासचिवमा योन्तेन ग्यात्सो शेर्पा, सचिबमा हस्तराज राई, राजेन्द्र राई, कोषाध्यक्षमा भबिन राई, सहकोषाध्यक्षमा कुसुम राई र सदस्यहरुमा शान्तिकला राई, भद्रशिला राई, सिवानी राई, खगेन्द्र राई, धनकुमार राई, शिव प्रसाद राई, बसन्त घोताने गुरुङ, मे (रि.) इन्द्रप्रसाद राई, प्रदिप राई, राम घिमिरे, सप्तराज राई, र आस्रकुमार राई चयन गरिएको छ ।

अतिथिहरुले बोल्ने क्रममा खोटाङ युके एम्बुलेन्स प्रोजेक्टको प्रशंसा गरे । राजदुत डा. दुर्गाबहादुर सुबेदिले खोटाङ युके एम्बुलेन्स प्रोजेक्टको जति प्रशंसा गरे पनि कम हुने बताए । 

नवनिवचित अध्यक्ष (रिटार्यड मेजर) भुपजित राईले खोटाङ सेवा समाज बेलायत खोटाङ र खोटाङेको हितमा तथा जन सेवाको हितमा लागिरहने बताउँदै बिभिन्न बुँदागत सुधार गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा गायक रेवत राईको बिभिन्न साँस्कृतिक प्रस्तुतिहरुसहितको कार्यक्रम र नाचगान पनि गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप