बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा नयाँ मन्त्री : दीर्घबहादुरलाई बर्खास्त गरेर कृष्णराजलाई सपथ

मङ्गलबार, २७ कात्तिक २०७५, १७ : ००
मङ्गलबार, २७ कात्तिक २०७५

टंक कुँवर

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन  भट्टले सांसद कृष्णराज सुवेदीलाई  सामाजिक विकास मन्त्रीमा सपथ दिलाएका छन् । 

मंगलबार प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा भट्टले सुवेदीलाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् । 

आजै भट्टले पदीय मर्यादा उलंघन गरेको भन्दै सामाजिक सुरक्षा मन्त्रीको भूमिकामा रहेका दीर्घबहादुर सोडारीलाई बर्खास्त गरेका थिए । उनलाई बर्खास्त गरेलगत्तै प्रदेश सरकारले सुवेदीलाई नयाँ मन्त्री नियुक्त गरेकाे हो । 

सोडारीलाई बर्खास्त गरिएको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले पदीय मर्यादा विपरित  गतिविधि गरेको कारण बखास्त गर्नु परेको जानकारी दिए । पार्टीको निर्देशन अनुसार नै उनी बर्खास्तीमा परेको प्रदेश सरकारले जनाएको छ । 

प्राप्त जानकारी अनुसार नेकपा सुदूर पश्चिम प्रदेशका इच्चार्ज भीम रावलको निर्देशनमा  सोडारीलाई मुख्यमन्त्री भट्टले बर्खास्त गरेका हुन् । 

बर्खास्तीमा पर्ने सोडारी दोस्रो बन्त्री बनेका छन् । 

यसअघि प्रदेश नम्बर ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित बर्खास्तीमा परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप