बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आँचलको आलोचना किन ?

मङ्गलबार, २७ कात्तिक २०७५, १६ : ४४
मङ्गलबार, २७ कात्तिक २०७५

काठमाडौं – यतिबेला अभिनेत्री आँचल शर्माको चर्को आलोचना भइरहेको छ । ‘शत्रु गते’ हिट भएरपनि आफुले जस नपाएको गुनासो पोख्दै मिडियामा आइन्दा हुलमुलले भरिएको चलचित्रमा काम नगर्ने उनले अभिव्यक्ति दिएकी थिइन् । सोही अभिव्यक्ति विपरित पुन हुलमुलले भरिएको चलचित्र ‘दालभात तरकारी’ गर्न लागेका कारण उनको अहिले आलोचना भएको हो । 

केही पहिले आँचलले आफु अभिनित चलचित्र ‘ब्ल्याक’ रिलिजको समय ‘शत्रु गते’ खेलेर पछुताएको तर्क राखेकी थिइन् । तर राम्रो ब्यानरको नजरमा पर्न नसकेपछि उनले आफ्नै बोली विपरित यही टिमको ‘दाल भात तरकारी’मा काम गर्न लागेकी छन् । 

मल्टिस्टारर यस चलचित्रमा उनी अन्तिम समयमा आएर भित्रिएकी हुन् । अभिनेत्री स्वस्तिमा खड्काले समय अभावका कारण अन्तिम समयमा चलचित्र छोडेको कारण उनले भित्रिने अवसर पाएकी हुन् । आफ्नो बोली विपरित चलचित्रमा काम गर्न थालेपछि अहिले आँचलमाथि मिडिया र दर्शकले विभिन्न माध्यउमबाट प्रश्न उठाएका छन् । 

‘दाल भात तरकारी’को आजको मुर्हूत कार्यक्रममा पनि उनीमाथि यो प्रश्न तेर्सिएको थियो । उनले आफूले सोलो हिरोइन भएर चलचित्र गर्ने कुरा बोलेको स्वीकार गरिन् । तर ‘शत्रु गते’ खेलेर घाटा भएको भन्ने बिषयमा भने उनले कुरा घुमाइन् । भनिन्– ‘शत्रु गते’ बाट घाटा भएको छैन । अहिले पनि यो टिमसँग काम गर्दा घाटा हुँदैन भन्ने लागेको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप