शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दोहोरो अंकले बढ्यो शेयर बजार, १७ करोडको कारोबार

मङ्गलबार, २७ कात्तिक २०७५, १६ : ३९
मङ्गलबार, २७ कात्तिक २०७५

काठमाडौं– अनलाइन ट्रेडिङ शुरु भएयता आज सेयर बजार दोहोरो अंकले बढेको छ । यद्यपि, कारोबार भने १७ करोड ४१ लाख रुपैयाँ बराबरको मात्र भएको छ ।  आज बजार समग्रमा १.१७ प्रतिशतले बढेको हो । यस दिन १५० कम्पनी कारोबारमा आएका थिए । आज वित्त कम्पनी बाहेक सबै समुहमा बृद्धि देखिएको छ । वित्त कम्पनी ०.२५ अंकले घटेको हो । 

सबैभन्दा बढी जीवन वीमा समुहतर्फ ७७.९ प्रतिशतले बृद्धि छ भने नीर्जिबन वीमामा ७५.१४ अंकको बृद्धि छ । आज सबैभन्दा बढी प्रभु बैंकको १ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रो बढीमा अपि पावर कम्पनीको १ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै एनआइसी एसिया बैंक, मेगा बैंक, नेपाल लाइफ इन्सुरेन्स लगायतको कारोबार १ करोड भन्दा कमको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप