मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडाका प्रधानमन्त्रीको खुलासा : ‘आसिया बीबीलाई आश्रय दिन पाकिस्तानसँग छलफल भैरहेको छ’

मङ्गलबार, २७ कात्तिक २०७५, १५ : ०९
मङ्गलबार, २७ कात्तिक २०७५

एजेन्सी– क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आसिया बीबीबारेमा पाकिस्तानसँग कुरा भइरहेको बताएका छन् ।  पाकिस्तानकी नागरिक आसियामाथि मुसलमान धर्मका प्रवर्तक मोहम्मदको अपमान गरेको आरोप लागेको छ । यो आरोपमा उनलाई त्यहाँको तल्लो अदालतले मृत्युदण्ड सुनाएको थियो । पुनरावेदन भएर सर्वोच्च अदालत गएपछि उनीमाथि लागेको मृत्युदण्डको सजाय माफ गरिएको थियो । 

उनको रिहाइपछि पाकिस्तानमा ठूलो विरोध प्रदशन भएको थियो । बीबीका श्रीमान आसिक मासियाले ब्रिटेन, क्यानडा, इटाली र संयुक्त अधिराज्यसँग सहयोगको अपिल गरेका थिए ।  ‘हामी पाकिस्तानी सरकारसँग छलफलमा हुनेछौं,’ ट्रुडोले एएफपीलाई पेरिसमा दिएको अन्तवार्तामा भने । त्यहाँ उनी पहिलो विश्वयुद्धको समारोहमा भाग लिन गएका थिए । उनको टिप्पणीलाई ओटावाबाट एक प्रवक्ताले पुष्टि गरे । 

‘हामीले ख्याल गर्नुपर्ने केही सम्बेदनशील घरेलु सन्दर्भहरु रहेका छन्, जसले गर्दा म योबारेमा धेरै बोल्न चाहन्न, तर म मानिसहरुलाई क्यानडा स्वागत गर्न तयार देश हो भनेर सम्झाउन चाहन्छु,’ उनले भने । 

उग्रवादी इस्लामिक समुहले यदी आसियालाई देश छाड्न अनुमति दिइएमा विरोध प्रदर्शन पुनः शुरु गर्ने धम्की दिइसकेका छन् । इस्लामावादको सरकारले पनि उनलाई विदेश भ्रमण गर्न रोक लगाउने संकेत गरेको छ । 

क्यानडाले अघिल्लो हप्ता आसियाको सुरक्षाको प्रतिभुत गर्नको लागि पाकिस्तानसँग माग गरेको थियो । विदेशमन्त्री क्रिस्ट्रिया फ्रिल्याण्डले आफूहरुले ‘यो मुद्धामा पाकिस्तानसँग गम्भिर रुपमा सम्बाद गरिरहेको’ बताइन् । 

सन् २०१० मा ईश्वर निन्दाको आरोपमा आसियालाई सजाय दिइएको थियो । सार्वजनिक कुवामा राखिएको गिलासमा पानी आफूले खाएर अर्की महिलालाई गिलास दिदाँ भएको भनाभनमा उनले मोहम्मदको अपमान गरेको आरोप लागेको छ । 

क्रिश्चियन धर्मालम्वी रहेकी आसियाले भने आफूले इश्वर निन्दा गरेको अस्वीकार गर्दै आएकी छिन् ।  अघिल्लो महिनाको अन्त्यमा भएको आसियाको रिहाईपछि पाकिस्तानमा तीन दिन लामो विराध प्रदर्शन भएको थियो । सो क्रममा देशका प्रमुख सडकहरु अवरुद्ध भएको थियो । 

आसियाको पक्षमा वकालत गरेका वकिल सैफल मुलूक भने आफ्नो परिवारको सुरक्षामा खतरा आएको भन्दै यही हप्ता नेदरल्याण्ड उडिसके । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप