शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री ‘बर्खास्त’

मङ्गलबार, २७ कात्तिक २०७५, १४ : १४
मङ्गलबार, २७ कात्तिक २०७५

काठमाडौं– सुदुरपश्चिम प्रदेशका  सामाजिक विकासमन्त्री बर्खास्तीमा परेका छन् ।  पार्टीको निर्देशन नमानेको, पदीय मर्यादा कायम नराखेको लगायतका आरोपमा तत्कालिन एमालेको तर्फबाट मन्त्रीबाट बनेका  मन्त्री दीर्घबहादुर सोडारी बर्खास्तीमा परेका हुन् । 

नेकपाका सुदुरपश्चिम प्रदेशका  इन्चार्ज भीम रावलको सिफारिसमा मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई पदबाट हटाएको बताइएको छ ।  यसबारे नेकपा सुदुरपश्चिम प्रदेशले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप