शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय खेलकुद परिषदमा ३ सदस्य नियुक्त

मङ्गलबार, २७ कात्तिक २०७५, १३ : ३३
मङ्गलबार, २७ कात्तिक २०७५

काठमाडौँ– सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप) मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो । 

युवा तथा खेलकूद मन्त्रालयले तिमल्सिना, निरौला र गुरुङ नियुक्तिको पुष्टि गरेको छ । लामो समयदेखि तीनवटा सदस्य पद खाली थियो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको सिफारिसमा परिषद्मा तीन सदस्य नियुक्त गरिएको हो । 

राखेप बोर्ड सदस्यमा नियुक्त भएका तिमल्सिना डेढ दशकदेखि नेपाली खेलकूदमा सक्रिय रहेका छन् । यस्तै निरौला पूर्वराष्ट्रिय महिला भलिबल खेलाडी तथा हाल भलिबल सङ्घको केन्द्रीय सदस्य रहेका छन् । बक्सिङका पूर्वखेलाडी गुरुङ पनि परिषद्का पूर्व सदस्य रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप