शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चीनद्वारा नेपालको पर्यटन प्रवर्द्वनमा लगानी गर्ने प्रतिवद्धता

मङ्गलबार, २७ कात्तिक २०७५, १३ : २०
मङ्गलबार, २७ कात्तिक २०७५

काठमाडौं–चीनले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता जनाएको छ । 

नेपाल भ्रमणमा रहेका चिनियाँ संस्कृति तथा पर्यटनमन्त्री ल्यू शुगांगले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसँग भेटगरी नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । 

सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको भेटमा चिनियाँ पर्यटन प्रवर्द्धनका लागि आवश्यक वातावरण बनाउन पनि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्री शुगांगले नेपाल सरकारसँग आग्रह गरेका थिए । 

पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि चिनियाँ मन्त्री गुगांगले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले जानकारी दिए । उनले चीन नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न इच्छुक रहेको पनि स्पष्ट पारे । 

काठमाडौंमा आयोजित चिनियाँ महोत्सवमा भाग लिन नेपाल आएका चिनियाँ संस्कृति तथा पर्यटन मन्त्री शुगांग र नेपाली समकक्षी अधिकारीबीच दुई पक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विविध विषमया पनि छलफल भएको संस्कृति, पर्यटन तथा तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।
 मन्त्रीस्तरीय भेटवार्तामा नेपालका लागि चिनियाँ राजदुत यू होङको पनि उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप