शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोन्टे तत्काल नआउने, सोलारी नै रियलको प्रशिक्षक रहने

मङ्गलबार, २७ कात्तिक २०७५, ११ : ११
मङ्गलबार, २७ कात्तिक २०७५

एजेन्सी । रियल म्याड्रिडले स्यान्टियागो सोलारीलाई नै पूर्णकालिन प्रशिक्षक नियुक्त गर्ने भएको छ ।

स्पेनिस फुटबल एशोसिएसनले ला लिगाबाट सोलारीको करार प्राप्त गरिसकेको जनाएको छ । तर, रियलले यसबारे औपचारिक जानकारी दिएको छैन ।

स्पेनका पूर्व प्रशिक्षक जुलेन लोपेटेगुई बर्खास्तीमा परेपछि सोलारीले गत अक्टोबर २९ मा अन्तरिम रुपमा रियलको नेतृत्व सम्हालेका थिए ।

४२ वर्षीय प्रशिक्षकले रियललाई चार खेलमा चारमा जीत दिलाएका छन् । क्लबको इतिहासमा कुनै प्रशिक्षकले गरेको यो सबैभन्दा उत्कृष्ट शुरुवात हो ।

यसक्रममा रियलले १५ गोल गर्नुका साथै मात्र दुई गोल खाएको छ ।

नियमका अनुसार दुई हप्ताभित्र कुनै पनि क्लबले पूर्णकालिन प्रशिक्षक नियुक्त गर्नुपर्ने हुन्छ ।

लोपेटेगुईको स्थानमा चेल्सीका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टे रियल आउने चर्चा थियो । तर, कोन्टेले नयाँ सिजन अघि कुनै पनि क्लबको नेतृत्व नसम्हाल्ने स्पष्ट पारेका छन् ।

पत्रकारहरुसँग कुराकानी गर्दै उनले जुन महिनाअघि नयाँ काम नसम्हाल्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप