भेरी नदीमा फसेका युवाको प्रहरीले गर्यो सकुशल उद्दार
-रामचन्द्र न्यौपाने
दुनै, डोल्पा - डोल्पाको दुनैमा भेरी नदिमा फसेका एक यूवकको प्रहरीले सकुशल उद्धार गरेको छ । उदयपुर जिल्ला सिस्पुर वडा नम्बर ९ स्थायी घर भइ हाल डोल्पाको दुनैमा बस्दै आएका बर्ष २० का पबिन मगरको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
आइतबार बेलुकी ६ बजे पछि सदरमुकामको रहेको होटेल मरमर गार्डेनको नजिकैबाट टापुमा रहेको काठ निकाल्न गएको बेला उनि भेरी नदिमा फसेका हुन् । भेरीको बिचमा भएको काठ निकालेर बिक्री गर्ने मनासायले श्रावणमा उर्लेको नदीमा गएको उद्धार गरिएका पबिनले बताए ।
उनले भने 'काम गरेर पैसा कमाउन डोल्पा आएको हुँ । भेरीमा भएको काठ निकालेर पैसाको लोभमा गएँ तर फर्कन सकिन त्यस पछि साथिहरुलाइ बचाउ-बचाउ भन्दै कराएँ । प्रहरीले मेरो उद्दार गर्यो' उनले खुशीका आँसु पनि झार्दै भने ।
भेरीमा काठ निकाल्न गएको साथि फर्कन सकेन उद्धार गरिदिनु पर्यो भन्दै पबिनका साथिहरु प्रहरीसमक्ष पुगेका थिए ।
त्यसपछि प्रहरीले तत्काल लाइफ ज्याकेट र अन्य उद्धारका समाग्रिहरु लिएर भेरीमा पुगको जिल्ला प्रहरि कार्यालयका प्रहिर नायव उपरिक्षक समित खड्काले बताए । खड्काले भने निकै मेहनत पछि पबिनलाई सकुशल बचाउन सकियो”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार