मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

यी पाँच खानेकुराको अत्यधिक सेवनले पेटमा अल्सर, सावधानी अपनाउनुस्

मङ्गलबार, २७ कात्तिक २०७५, १० : ५२
मङ्गलबार, २७ कात्तिक २०७५

पेटमा अल्सर र आन्द्रामा घाउका कारण अत्यधिक दुखाई र पाचन सम्बन्धि समस्याको सामना गर्नुपर्छ । पेटमा अल्सर हुँदा जस्तो सुकै खाना खाँदा पनि समस्या हुन्छ जसका कारण बिरामीको शरिरको अन्य अंग पनि प्रभावित हुन्छ । धेरै तनावका कारण, तारेको, भुटेको, मसालेदार र तातो खाना खाँदा पेटमा अल्सरको समस्या हुने बताइन्छ । पेटमा घाउ हेलिकोबिक्टर पाइलोरी ब्याक्टेरियाको कारण हुन्छ । यस्ता विभिन्न खानेकुरा छन् जसको अत्यधिक सेवनले पेटमा घाउ हुने सम्भावना बढ्छ किनभने यसले हाम्रो आन्द्रामा नकारात्मक असर पुर्याउने गर्छ । आउनुहोस्, पेटमा हुने अल्सरबाट बच्नका लागि कस्ता खानेकुराको सिमित सेवन गर्नुपर्छ भन्नेबारे जानकारी लिऔं ।

चिया, कफी र कोल्ड ड्रिंक्सः

यस्ता खाद्य पदार्थ जसमा क्याफेन मिसिएको हुन्छ, त्यसले पेटको अल्सर बढाउँछ । कफी र चियाको अत्यधिक सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । क्याफेनयुक्त खाद्य पदार्थको उपभोग गर्दा पेटमा एसिडको उत्पादनमा बृद्धि हुन थाल्छ जसका कारण तपाईंको समस्या बढ्ने गर्छ । पेटमा एसिडको वृद्धि हुँदा तपाईंको पेटको घाउ उत्तेजित हुन्छ र पेट दुखाईलगायतका अन्य समस्या वृद्धि हुनथाल्छ । क्याफेन चिया, कफी, चकलेट, कोल्ड ड्रिङ्क्स र अन्य कार्बोनेटेड कोल्ड ड्रिङ्क्समा पाइन्छ । त्यसकारण यदि तपाईंलाई पेट सम्बन्धि समस्या छ भने यस्ता पेय र खाद्य पदार्थको सेवनबाट बच्नुहोस् ।

मसालेदार खानाः

तातो मसालाले पेटको अल्सरलाई चाँडै ठिक हुन दिँदैन साथै तपाईंको समस्या थप बढाउने गर्छ । त्यसकारण जबसम्म अल्सर पूर्ण रुपमा ठिक हुँदैन मसालेदार खानेकुराबाट टाढै रहनुहोस् । खुर्सानीको सेवन पूर्ण रुपमा बन्द गर्नुहोस् ।

चुरोट र रक्सीः

रक्सीले अल्सरको समस्यालाई अत्यधिक बढाउने गर्छ त्यसकारण अल्सरका रोगीले रक्सीको सेवनबाट टाढै बस्नुपर्छ । यसबाहेक धुम्रपानका कारण पनि थुप्रै पटक तपाईंको पाचन प्रभावित हुन्छ र तपाईंको पेटमा घाउको समस्या हुनसक्छ ।

तातो दुधः

यदि तपाईं अत्यधिक तातो दुधको सेवन गर्नुहुन्छ भने यसले पेटमा ग्यासको समस्या हुनुका सागै पेटमा घाउ पनि हुने सम्भावना हुन्छ । पहिले पहिले दुधलाई अल्सरबाट राहत पाउनका लागि एन्टा एसिड्सको रुपमा सेवन गरिन्थ्यो । तर नतिजा यस्तो हुन्थ्यो कि सुरुवातमा अल्सरका रोगीलाई यो उपायले अस्थायी राहत त हुन्थ्यो तर दुध पिउँदा अल्सरको लक्षण बढ्न थाल्थ्यो । दुधले पेटमा एसिडको श्रावलाई बढाउने गर्छ जसले अल्सरसँग सम्बन्धित जलन र पीडालाई बढाउने गर्छ । त्यसकारण जबसम्म डाक्टरले दुध पिउन सल्लाह दिँदैनन् अल्सर रोगीले दुध नपिएकै राम्रो ।

मांसाहारी भोजनः

पशुको मासुमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ । यसलाई पचाउनका लागि तपाईंको पाचन तन्त्रले निकै काम गर्नुपर्छ जसका कारण अत्यधिक मात्रामा एसिडको स्राव हुन्छ । यस्तो हुँदा तपाईंको समस्या बढ्ने गर्छ । त्यसकारण तपाईंलाई अत्यधिक मासु मिठो लाग्छ भने तपाईंले अल्सर पूर्ण रुपमा ठिक नभएसम्म कुर्नै पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप