प्रेमका लागि धर्म परिवर्तन गरेका ७ बलिउड अभिनेत्री
एजेन्सी । प्रेम यस्तो चीज हो जसले मानिसको जीवनमा निकै ठूलो परिवर्तन ल्याइदिन्छ । प्रेममा परेर कसैले आफ्नो जीवन बर्बाद पारेका छन् भने कसैले त्यसैको आडमा आफूमा ठूलो प्रगति पनि गरेका छन् । मायामा त्याग, तपस्या र विश्वास हुने भएकाले नै कतिपयले आफ्ना मायालुका लागि धेरै कुरा त्याग्ने पनि गर्छन् ।
यस्तै, बलिउड अभिनेत्रीहरुले पनि आफ्नो साँचो प्रेमका पाउनका लागि धर्म परिवर्तन गराएका थिए । भारतमा धर्मलाई महत्वका साथ हेरिन्छ । जहाँ हरेक मानिस आफ्नो धर्मको पालन निष्ठापूर्वक गर्ने गर्छन् । तर त्यहीँ केही अभिनेत्रीले प्रेमीसँगको विवाहको लागि धर्म परिवर्तन गरे ।
शर्मिला टैगोर
बंगाली फिल्मबाट करियर शुरु गरेकी अभिनेत्री टैगोरले मंसूर अली खान पटौदीसँग विहे गरिन् जो नवाब थिए र भारतीय क्रिकेट टीमका पूर्वकप्तान ।
अमृता सिंह
सिख धर्मावलम्बी अमृता सिंहले सैफ अली खानसँगको प्रेमको बीचमा कहिल्यै पनि धर्मलाई अउन दिइनन् । उनले सैफसँग बिहे गर्नको लागि इस्लाम धर्म अवलम्बन गरिन् । उनीहरुको बिहे भयो । बिहे भएको १३ वर्षपछि सम्बन्धविच्छेद भयो ।
नरगिस दत्त
नरगिसले पनि प्रेमको बीचमा धर्मलाई आउन दिइनन् । उनी जन्मजात मुस्लिम थिइन् तर उनले सुनील दत्तसँग बिहे गरेर मुस्लिमबाट हिन्दु भइन् । उनले आफ्नो नाम पनि निर्मला दत्त राखिन् । यी दुईको विवाह ११ मार्च १९५८ भएको हो । उनीहरुको तीन छोराछोरी संजय, नम्रता र प्रिया छन् । यी दुवैको निधन भइसकेको छ ।
आयशा टाकिया
सानो उमेरमा नै बलिउडमा नाम कमाएकी सुन्दर अभिनेत्री व्यवसायी फरहान आजमीसँग बिहे गरिन् । उनको विवाह समारोह इस्लामी रीतिरिवाज र परम्परा अनुसार भएको थियो । उनले धर्म परिवर्तन गरेको कुरा सार्वजनिक रुपमा घोषणा भने भएको छैन ।
हेजल कीच
हेजल कीच अंग्रजी मुलकी मोडल हुन् । उनी इसाई धर्मावलम्बी थिइन् । तर भारतमा रहँदा उनी भारतीय क्रिकेटर युवराज सिंहसँग प्रेममा परिन् र बिहे पनि गरिन् । विहे पश्चात उनले हिन्दु धर्म अपनाइन् ।
दिव्या भारती
निकै कम समयमा बलिउडमा राज गरेकी अभिनेत्री दिव्याको करियर भने थोरै समय मात्र रह्यो । उनको असामाहिक निधन भयो जुन अझै रहस्यमय नै छ । उनी हिन्दु धर्मकी थिइन् । तर उनले प्रेमको लागि मुस्लिम धर्म अपनाइन् । उनको साजिद नाडियाडवालासँग करियरको सुरुवातमा नै विवाह भएको थियो ।
ममता कुलकर्णी
ममता विकी नाम गरेका एक युवकको प्रेममा थिइन् । जो मुस्लिम धर्मका थिए । जसको लागि कुलकर्णीले आफ्नो धर्म परिवर्तन गरिन् । ममत ९० दशककी चर्चित अभिनेत्री हुन् । तर उनको करियर लामो समय टिकेन । उनलाई ड्रग्स् तस्करीको आरोप समेत लाग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमि व्यवस्था विभागका महानिर्देशकलाई मोसो दल्ने २ जना पक्राउ
-
‘मिलनविरुद्ध विरोधी राजनीतिक दलहरूले अफवाह फैलाए’
-
नीतिको विवाह २०२४ मा नहुने, यस्तो छ कारण
-
हिमालयन हाइड्रो एक्स्पोको तयारी सकियो, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने
-
प्रिमियर लिगका दुई युवा खेलाडी बलात्कारको आरोपमा पक्राउ
-
त्रिविका कानुनी सल्लाहकारको कारबाही रोक्न सर्वोच्चको आदेश