बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एम्नेस्टीले म्यान्मारकी नेता सू चीसँग किन फिर्ता लियो सर्वोच्च सम्मान ?

मङ्गलबार, २७ कात्तिक २०७५, ०९ : १५
मङ्गलबार, २७ कात्तिक २०७५

बीबीसी

एम्नेस्टी इन्टरनेशनलले म्यान्मारकी सर्वोच्च नेता आंग सांग सू चीसँग आफ्नो सर्वोच्च सम्मान ‘एम्बेसेडर अफ किन्सियन्स अवार्ड’ फिर्ता लिएको छ ।

म्यान्मारकी सर्वोच्च नेता एवं नोबेल पुरस्कार विजेता सू चीलाई सन् २००९ मा उक्त सम्मान प्रदान गरिएको थियो । त्यतिबेला सू ची आफ्नो घरमा नजरबन्दमा थिइन् ।

मानवाधिकारका लागि काम गर्ने संस्था एम्नेस्टी इन्टरनेशनलका अनुसार रोहिंग्या अल्पसंख्यकको मामलामा उनको मौनता निकै निराशाजनक छ ।

यद्यपी, ७३ वर्षीया सू चीबाट कुनै सम्मान फिर्ता लिएको यो पहिलो घटना भने होइन ।

एम्नेस्टी इन्टरनेशनलका सेक्रेटरी जनरद कुमी नाइडूले म्यान्मारकी नेतालाई एउटा चिट्ठी लेखेर यसबारे जानकारी दिइएको हो ।

उक्त पत्रमा लेखिएको छ, ‘हामीलाई निकै निराश छौं कि तपाईं आशा र साहसको प्रतिक हुनुहुन्न । न त तपाईं मानवाधिकारको रक्षामा अडिग देखिनुहुन्छ ।’

‘रोहिंग्या अल्पसंख्यकविरुद्ध भएको अत्याचार प्रति तपाईंको दृष्टिकोण हेर्दा यो स्थितीमा सुधार हुने कुरामा हामी निकै कम आशावादी छौं ।’

एक समय यही संस्थाले उनलाई लोकतन्त्रका लागि प्रकाशस्तम्भ बताएको थियो । सू ची नजरबन्दबाट रिहा भएको आठ वर्ष भयो र यो निर्णय उनको रिहाईको आठ वर्ष पूरा भएको दिन नै सार्वजनिक भएको हो ।

एक क्रुर सैन्य तानाशाहीविरुद्ध र लोकतन्त्रको रक्षाका लागि १५ वर्षसम्म नजरबन्द रहेकी सू चीलाई एम्नेस्टी इन्टरनेशनलले सन् १९८९ मा ‘राजनैतिक बन्दी’ घोषित गरेको थियो । यसको ठिक २० वर्ष पछि संस्थाले आफ्नो सर्वोच्च सम्मान प्रदान गरेको थियो । यसअघि नेल्सन मण्डेलालाई यो सम्मान प्रदान गरिएको थियो ।

सू चीले उक्त सम्मानका लागि आवश्यक योग्यतालाई न्याय गर्न नसक्ने बताउँदै अब संस्थाले आफूले दिएको सम्मान फिर्ता लिएको घोषणा गरेको छ ।

संयुक्त राष्ट्रका अनुसन्धानकर्ताले आफ्नो निष्कर्षमा बताए अनुसार रोहिंग्या अल्पसंख्यकमाथि भइरहेको अत्याचारविरुद्ध उनी आफ्नो अधिकारको प्रयोग गर्न असफल भएकी छिन् ।

सू ची सन् २०१६ मा सत्तामा आइन् । यद्यपी, उनीमाथि अन्तर्राष्ट्रिय दबाब सधैं रह्यो । जसमध्ये एउटा दबाब एम्नेस्टी इन्टरनेशनलको तर्फबाट पनि थियो । सू चीले रोहिंग्या अल्पसंख्यकमाथि सेनाको अत्याचारको विरोध गरोस् भन्ने एम्नेस्टीको चाहना थियो तर सू ची यो मामलामा चुप बसिन् ।

साथै, रोहिंग्या मुसलमानको हत्याको अनुसन्धान गर्ने रोयटर्सका दुई पत्रकारको पक्राउको समर्थन गर्दा पनि उनको निकै आलोचना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप