बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्पाइडर म्यान, आइरन म्यानजस्ता सुपरहिरोका जन्मदाता स्ट्यान लीको ९५ वर्षमा निधन

मङ्गलबार, २७ कात्तिक २०७५, ०८ : ५४
मङ्गलबार, २७ कात्तिक २०७५

मार्वल कमिक्सका प्रमुख स्ट्यान लीको सोमबार राती ९५ वर्षको उमेरमा निधन भएको छ । स्पाइडर म्यान, आइरन म्यान, ब्ल्याक प्यान्थर, हल्क र एभेन्जर्सजस्ता सुपरहिरोका जन्मदाता स्ट्यान लीको मृत्युको कारण भने उपलब्ध छैन । स्ट्यान लीकी छोरीले यसबारे पुष्टि गरेकी हुन् ।

उनका अनुसार अमेरिकाको लस एन्जलसको एक अस्पतालमा उनले अन्तिम सास फेरे । स्ट्यान लीलाई केही हलिउड फिल्ममा पनि देखिएको थियो । मार्वलले बनाएका भूमिकालाई सिनेमामा उतार्नेहरुले उनलाई श्रद्धाञ्जली दिएका छन् ।

स्ट्यानले सन् १९६१ कम फ्यान्टास्टिक फोरसँग मिलेर मार्वल कमिक्सको सुरुवात गरेका थिए । ज्याक किर्बी उनका पार्टनर रहे जसले सन् १९९४ मा निधन भएको थियो । स्ट्नकी श्रीमती जानको गत वर्ष निधन भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप