शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहको १६ औं वर्षगाँठमा सोनाली भावुुक, लेखिन् यस्तो मेसेज

मङ्गलबार, २७ कात्तिक २०७५, ०७ : ४७
मङ्गलबार, २७ कात्तिक २०७५

बलिउड नायिका सोनाली बेन्द्रे न्यूयोर्कमा क्यान्सरको उपचार गराइरहेकी छिन् । आइतबार सोनालीले आफ्नो विवाहको वर्षगाँठ मनाइन् र निकै भावुक सन्देश सेयर गरिन् ।

श्रीमान् गोल्डी बहलका लागि यो दिनलाई विशेष बनाउनका लागि सोनालीले जीवनको यात्रालाई तस्बिरमा बयान गरिन् । सोनालीले विवाहका विशेष तस्बिर सेयर गर्दै स्पेशल मेसेज लेखिन् ।

सोनालीले सन् २००२ मा गोल्डी बहलसँग विवाह गरेकी हुन् । विवाहको १६ औं वर्षगाँठमा उनले लेखेकी छिन्, ‘तिमी मेरो रकस्टार हौ । विवाहको अर्थ हो एक–अर्कासँग हरेक परिस्थितीमा खडा हुनु । यो वर्ष क्यान्सरको लडाईं मेरो मात्र होइन । यो पूरा परिवारको हो । मेरो शक्ति बनेकोमा धन्यवाद । ह्याप्पी एनिभर्सरी गोल्डी ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप