बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महिला विश्वकप : भारतविरुद्ध रोमाञ्चक पुनरागमन गर्दै इंग्ल्याण्ड बन्यो च्याम्पियन

सोमबार, ०९ साउन २०७४, ०९ : ३१
सोमबार, ०९ साउन २०७४

लण्डन – महिला विश्वकपको फाइनल खेलमा भारतविरुद्ध आयोजक इंग्ल्याण्डले ९ रनको रोमाञ्चक जीत हासिल गरेको छ । योसँगै पहिलो पटक उपाधि जित्ने भारतको सपना चकनाचुर भएको छ ।


२ सय २९ रनको मध्यम स्कोर पछ्याउने क्रममा भारत ३ विकेटको क्षतिमा १ सय ९१ रनको सहज स्थितिमा रहेको थियो । तर, आन्या श्रवसोलले ८६ रन बनाएकी पुनम राउतलाई एलबिडब्लुको धरापमा पारेपछि भारतको नाटकीय पतन शुरु भएको थियो

। 
भारतले पछिल्ला ७ विकेट मात्र २८ रनमा गुमाउन पुग्यो ।


फास्ट बलर आन्याले ४६ रन खर्चेर ६ विकेट लिँदै इंग्ल्याण्डका लागि जितको आधार तय गरिन् । ८ बल बाँकी छँदै भारत २ सय १९ रनमा अल आउट हुन पुग्यो । कुनै पनि बलरले विश्वकपको फाइनलमा गरेको यो सबैभन्दा उत्कृष्ट प्रदर्शन थियो ।


विश्वकपको फाइनलमा सबैभन्दा ठूलो लक्ष्य पछ्याउने क्रममा रहेको भारतविरुद्ध आन्याले १९ बलमा ११ रन खर्चेर ५ विकेट लिएकी थिइन् ।


अस्ट्रेलियाविरुद्ध शतकीय पारी खेलेकी हर्मनप्रीत कौरले ५१ रनको योगदान दिए पनि भारतलाई हारबाट जोगाउन सकिनन् ।


यसअघि पहिलो ब्याटिङ गरेको इंग्ल्याण्डले ७ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो । 


इंग्ल्याण्डका लागि नटाली स्कीभरले ५१ तथा शारा टेलरले ४५ बनाइन् ।


सन् २००९ पछि इंग्ल्याण्डले जितेको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । समग्रमा विश्वकपको उपाधि जितेको इंग्ल्याण्डले चौँथो पटक हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप