बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

मङ्गलबार, २७ कात्तिक २०७५, ०६ : ०१
मङ्गलबार, २७ कात्तिक २०७५

आजको राशिफल

वि.सं.२०७५ साल कार्तिक २७ गते । मंगलबार । ईश्वी सन् २०१८ नोभेम्बर १३ तारिख । नेपाल सम्बत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४० । कार्तिक शुक्ल पक्ष । तिथि षष्ठि,५१ घडी २५ पला,रातको ०१ बजेर ५८ मिनेट उप्रान्त सप्तमी । नक्षत्र उत्तरषाडा,५७ घडी १५ पला । योग शूल,२५ घडि २८ पला,बेलुकी ०४ बजेर ३५ मिनेट उप्रान्त गण्ड । करण कौलव,दिउसो ०१ बजेर ५७ मिनेट उप्रान्त तैतिल,रातको ०२ बजेर ५८ मिनेट उप्रान्त गर । आनन्दादिमा मानस योग । चन्द्रराशि धनु,बिहान ०९ बजेर २६ मिनेट उप्रान्त मकर  ।  छठ पर्व। डाला पूजा।

 

काठमाडौंमा सूर्योदय ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ११ मिनेट । दिनमान २६ घडी ५७ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनि गर्न सकिने तथा भनेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरु आफै किनारा लाग्ने तथा सफलताको सिडि चड्न सकिनेछ । राजनिति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउँन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । बिहानको समयमा धार्मिक स्थल तथा मन्दिर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । 

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ ।  बिहानको समयमा सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्गे आम्दानि हुनेछ । रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रा सँग सम्बन्धित कार्यहरु हुनेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवस्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु पढाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निमित बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । बिद्यार्थिहरुले अध्ययनमा सफलता पाउँनेछन् भने गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउँन सहज हुनेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पुराना समस्या तथा बिवादित बिषयहरुलाई केहि समय दिएर सल्टाउँन सकिनेछ । रुपैया पैसा बचत गरि नयाँ व्यापार व्यावसायमा लगानि गर्न सकिनेछ । घर परिवार तथा सामाजिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुनालेमन प्रशन्न रहनेछ । पढाई लेखाईमा सामान्य प्रतिष्पर्धिहरु आफै साईड लाग्नेछन् । आफ्नो बिषेश मान्छेलाई लिएर यात्रामा निश्कन सकिनेछ भने प्रेममा नजिक हुँने समय रहेकोछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रयन्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हनेछ भने व्यापार व्यावसायमा लगानि गरि मनग्ने आम्दानि गर्न सकिनेछ । स्कुल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायमा बिशेष लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको उपयोग मार्फत मनग्ने धन संग्रह गर्न सकिनेछ । बिहानको समयमा कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न  सकिने समय रहेकोछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खोज तथा अनुशन्धानमा उपलब्धिमुलक नतिजा नआएपनि आगामि दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिस सँग टाडिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाथ लिन सकिनेछ । बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । बिद्यार्थीको लागि पढ्ने लेख्ने वाताबरण बनेर आउँनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । 

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जानेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने बिवादलाई हल गर्दै अगाडि बढ्न सकिनेछ । व्यावसायिक यात्राको तयारि गर्न सकिनेछ भने यात्रा उलिब्धिमुलक नै रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । शाहसिलो काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक काम गरि नाम तथा दाम कमाउँन सकिनेछ भने समाजमा सम्मानित हुँने योग रहेकोछ । पढन पाढनमा मन जाने हुनालेस्कुल तथा कलेजमा तपाईको नाम अग्र स्थानमा आउँनेछ ।  शुभ समाचारले मनमा थप उत्साह जगाउँनेछ भने नयाँ काम थालनि गर्दा भबिश्यमा मनग्गे धन लाभ लिन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनिति तथा समाजसेवामा गरिएको लगानिबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएरु जाने हुनालेथप लगानिको लागि रुपैया जुटाउँन सहज हुनेछ । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने तथा सुन्दर बस्त्र पहिरिन अरुको मन आफुनिर आकर्षित गर्न सकनिेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेकोछ ।

बिहानको समयमा बैदेशिक यात्रा सँग सम्बन्धित काम गर्नुहोला समयले साथ दिनेछ । 

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाईने हुँदा कामहरु थाति रहनेछ । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्निबिच अबिश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । लामो दुरिको बिदेश यात्राको तय हुनेछ । बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आफ्नो आम्दानि सुरक्षित गर्न सकिनेछ । 

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लाभ स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ भने सरकारि स्रोत साधन प्रयोग गर्न पाईने योग रहेकोछ । पैत्रिक धन तथा सम्पति हातलागि हुँने योग रहेकोछ । शिक्षा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिष्पर्धिहरुलाई किनारा लगाउँनदै आफ्नै पोल्टोमा नतिजा ल्याउँन सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ ।

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप