शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकताबारे बोल्यो राप्रपा प्रजातान्त्रिक

सोमबार, २६ कात्तिक २०७५, २१ : ४८
सोमबार, २६ कात्तिक २०७५

काठमाडौं । राप्रपासँगको पार्टी एकताको माहोल बिग्रिएकोबारे सामाजिक सञ्जाललगायत छापाहरुमा सम्प्रेषण भएको समाचारहरुप्रति राप्रपा (प्रजातान्त्रिक)ले गम्भिर ध्यानकर्षण भएको जनाएको छ । 

सो पार्टीले सोमबार एक विज्ञप्ति जारी गर्दै सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्ति राष्ट्रिय आवश्यकता हो भन्ने बोध आफ्नो पार्टीले गरेको भन्दै समान विचारधारा भएका शक्तिहरुबीच फराकिलो एकता हुनुपर्छ भन्नेमा प्रष्ट रहेको जनाएको छ । 

यसै मान्यता अनुरुप तीन राप्रपाहरु बीचको एकताप्रति राप्रपा (प्रजातान्त्रिक) अझैं पनि सकारात्मक रहेको विज्ञप्तिमा उल्लेख गरिएको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप