बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

१२औँ महाधिवेशनको वातावरण बनाउन नेविसंघको आग्रह

सोमबार, २६ कात्तिक २०७५, २१ : ३०
सोमबार, २६ कात्तिक २०७५

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले विधानसम्मत १२औँ महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न पार्टी नेतृत्वसँग आग्रह गरेको छ ।

नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी नेविसङ्घको १२औँ महाधिवेशनको वातावरण बनाउन पार्टीसमक्ष आग्रह गरेका हुन् । 

उनले आफ्नो सीमित स्वार्थ पूरा गर्न नेताहरुले टिके प्रथा जन्माउने कुचेष्टा नगर्न पार्टी नेतृत्वलाई आग्रहसमेत गरे । 

‘टिके प्रथाले आम विद्यार्थी र सङ्गठनको भलो हुँदैन, टीका लगाए हामी आन्दोलनमा जान्छौँ,’ उनले भने । 

महामन्त्री काफ्लेले नेविसङ्घको केन्द्रीय समितिको बैठकले उमेर हद र विधान संशोधन पार्टी नेतृत्वलाई बुझाए पनि पार्टीको केन्द्रीय समितिले एकलौटी तरिकाले मनपरी निर्णय गरेको आरोप लगाए । ्

पार्टीले नेविसङ्घको विधानलाई बन्धक बनाउन खोजेको उनको भनाइ थियो । नेविसङ्घका केन्द्रीय सदस्य सुशील भट्टले पार्टी नेतृत्व नेविसङ्घको महाधिवेशन गर्न नचाएको बताए । 

विसं २०७३ साउनमा दुई वर्ष कार्यकाल रहनेगरी ११औँ महाधिवेशन सम्पन्न भएको थियो । नेविसङ्घको कार्यकाल २०७५ भदौ २ गते सकिएको भए पनि निर्वाचन नभएपछि पार्टीको नेविसङ्घ हेर्ने समितिले मङ्सिर २ गतेसम्मका लागि म्याद थप गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप