मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

चाडपर्व सकिएसँगै सवारी साधनहरुमा यात्रुहरुको घुईंचो

सोमबार, २६ कात्तिक २०७५, २१ : १९
सोमबार, २६ कात्तिक २०७५

बैतडी । तिहार सकिएसँगै बैतडीका सवारी साधनहरुमा यात्रुहरुको चाप बढ्न थालेको छ । तिहारका लागि टिका थाप्न देश तथा विदेशबाट आएकाहरु आ–आफ्नो गन्तव्यतिर जान थालेपछि लामो तथा छोटो दुरीका सवारी साधनहरुमा यात्रुको चाप बढ्न थालेको  हो । 

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार मनाउन जन्मथलो पुगेकाहरु आफ्नो कार्यक्षेत्र जान थालेपछि बैतडीको सदरमुकाम गोठलापानी लगायतका बजारहरुबाट  छुट्ने सवारी साधनहरुमा यात्रुहरुको  घुईंचो लागेको जिल्ला ट्राफिक कर्यालय बैतडीका प्रमुख प्रकाश रावलले जाकारी दिए । 

चाडपर्वका लागि जन्मथलो आएकाहरु कर्मथलो जाँदै छन् भने रोजगारीको सिलसिलामा भारत जाने यात्रुहरुको पनि घुईंचो लाग्ने गरको छ । 

तिहार सकिए लगत्तै लामो तथा छोटो दुरीका सवारी साधनहरु  भरिभराउ हुन थालेको सवारी व्यवसायी जनक चन्दले बताए । कामको सिलसिलामा घरबाट टाढा रहेका दाुजभाइहरु तिहार मनाए लगत्तै गन्तव्यतर्फ हिँड्न लागेको उनले बताए । 

जिल्लाभित्रै छोटो दुरीका यात्रुहरुका लागि भने सवारी साधन नपाउँदा समस्या भएको छ । छोटो दुरीका यात्रुहरुले गाडीहरुमा ठाउँ नपाउने गरेको पाटन–१० का  स्थानिय जानकी बिष्टले बताइन् । 

जिल्लाका विभिन्न स्थानमा जाने यात्रुहरुका लागि गाडीहरु नमिल्दा समस्यामा परेको उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप