बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कञ्चनपुरमा भ्यानले किचेर ५ वर्षीया बालिकाको मृत्यु

सोमबार, २६ कात्तिक २०७५, २१ : ०१
सोमबार, २६ कात्तिक २०७५

कञ्चनपुर । म्याजिक भ्यानले किचेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरका पाँच वर्षीया निशा जोशीको आज मृत्यु भएको छ । 

झलारी बजारबाट शान्तिपुर जाँदै गरेको से१ज ९०२ नंको भ्यानले झण्डाबोझ चोकमा किचेर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । 

बालिकाकी आमाले म्याजिक चालकलाई भाडाबापतको रकम दिँदै गर्दा बालिका भ्यानको अगाडि आउँदा चालकले असावधानीपूर्वक गाडी चलाएपछि किचिएको बताइएको छ । बालिकाको शव परीक्षणका लागि कैलालीको सेती अञ्चल अस्पताल पु¥याइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप