मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मालपोत कार्यालयमा अनलाइन सेवा शुभारम्भ

सोमबार, २६ कात्तिक २०७५, २० : २०
सोमबार, २६ कात्तिक २०७५

दमौली । जिल्ला मालपोत कार्यालय तनहुँले आजदेखि अनलाइन सेवा शुभारम्भ गरेको छ । कार्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित अनलाइन सेवा शुभारम्भ गरिएको हो । अनलाइन सेवा शुरु हुने मालपोत कार्यालय तनहुँ ४१औँ कार्यालय हो । 

अनलाइन सेवाको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले अनलाइन सेवाले पारदर्शिता कायम गर्न सहयोग पुग्ने बताउ । 

उनले यस सेवाले फर्जी कामको अन्त्य हुने विश्वास व्यक्त गर्दै भने, ‘मालपोतमा भ्रष्टाचार बढी भयो भन्ने गुनासो सुनिदै आएको छ, अब यो सेवाले कार्यालयमा सुशासन कायम गर्न सहयोग पुग्ने विश्वास छ ।’  

प्रजिअ भरतकुमार शर्माले जग्गा प्रशासनमा देखिने त्रुटि अन्त्यका लागि यो सेवाले सहयोग पुग्ने बताए । 

‘नक्कली पूर्जा बनाएर पास गर्ने प्रवृत्ति अन्त्यका लागि यो सेवाले सहयोग पु¥याउनेछ’, उनले भने । शर्माले कार्यालयमा ढिलासुस्ती नगरी सहज ढङ्गबाट सेवा प्रवाह गर्न कर्मचारीलाई सुझाव दिए । 

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले अनलाइन सेवालाई विश्वसनीय र भरपर्दो बनाउनुपर्नेमा जोड दिँदै केही विवाद आएमा पुरानै प्रणालीलाई समेत अवलम्बन गर्न सकिने बताए । 

भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक भरत गौतमले जग्गा प्रशासन झन्झटिलो सेवा भएकाले यसलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित यो सेवा शुरुआत गरिएको बताए । 

अनलाइन सेवाले राजश्व असुलीलाई समेत व्यवस्थित गर्न सहयोग पुग्ने उनको भनाइ थियो । अनलाइन सेवाका लागि सेवाग्राहीको औँठाछाप, फोटोलगायत विवरण लिइने भएकाले फर्जी कामको अन्त्य गर्न सकिन्छ ।

मालपोत कार्यालय तनहुँका प्रमुख जितेन्द्रजङ्ग केसीले अनलाइन सेवा सञ्चालनका लागि दुई वटा इन्टरनेट प्रदायकसँग सम्झौता भइसकेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप