मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मादक पदार्थ सेवन गरी विमान चलाउने चालकको अनुमतिपत्र रद्ध

सोमबार, २६ कात्तिक २०७५, १९ : ३६
सोमबार, २६ कात्तिक २०७५

नयाँदिल्ली । विमान चलाउने बेलामा मादक पदार्थ सेवन गरेको भेटिएपछि भारतका एक जना अनुभवी विमान चालकको अनुमतिपत्र रद्ध गरिएको छ । 

विमान चलाउनु अगाडी श्वास परिक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनको अनुमतीपत्र केही समयका लागि सोमबार रद्ध गरिएको अधिकारीहरुले जनाएका छन् । 

एयर इन्डियाको विमान उडाएर लण्डन लैजान लागेको बेला वरिष्ठ चालक अरबिन्द काथपालियाले मादक पदार्थ सेवन गरेको पाइएको अधिकारीहरुको भनाई छ । 

‘श्वास परिक्षण गर्दा उनले मादक पदार्थ सेवन गरेको पाइयो, त्यसैले नियम अनुसार उनको चालक अनुमतिपत्र तत्कालदेखि लागुहुनेगरी तीन बर्षका लागि रद्ध गर्ने निर्णय भएको छ,’ एक उच्च अधिकारीले बताए । 

विमान चालक काथपालियाको अनुमतिपत्र यसअघि पनि सन् २०१७ मा तीन महिना रद्ध गरिएको थियो । 

सवै विमान चालक र चालक दलका सदस्यहरुलाई कम्तीमा पनि १२ घण्टा भन्दा अगाडी मादक पदार्थ सेवन गर्न निषेध गरिएको छ । 

विगत चार बर्षमा भारतका विभिन्न विमान सेवा प्रदायक कम्पनीका १५० भन्दा बढी विमान चालकहरु श्वास परीक्षणमा विफल भएपछि उनीहरूमाथि फरक फरक सजाय गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप