शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा नदी तथा मठमन्दिर सरसफाइ

सोमबार, २६ कात्तिक २०७५, १८ : ५४
सोमबार, २६ कात्तिक २०७५

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले छठ पर्वका अवसरमा देशभरका एक सय ७८ नदी, तलाउ तथा मठमन्दिरमा सरसफाइ गरेको छ । 

छठ पर्वका बर्तालु भक्तजनहरुलाई सघाउ पु¥याउन सशस्त्र प्रहरीका विभिन्न इकाइहरुबाट सो सरसफाइ गरिएको हो । सरसफाइमा कुल दुई हजार ३५३ सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरु खटिएका थिए । 

काठमाडौँ उपत्यकामा मात्रै विभिन्न १२ स्थानमा सरसफाइ गरिएको छ । त्यस्तै प्रदेश नं. १ मा २०, प्रदेश नं। २ मा ८८ र प्रदेश नं. ३ मा ७ स्थानमा सरसफाइ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए । 

उनका अनुसार सशस्त्र प्रहरी बलले प्रदेश नं. ४ मा १५, प्रदेश नं. ५ मा २६, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३ ठाउँका नदी, तलाउ तथा मठमन्दिरको सरसफाइ गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप