बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धर्म र संस्कृति जोगाउन प्राथमिक शिक्षा वर्ग सञ्चालन

सोमबार, २६ कात्तिक २०७५, १८ : १६
सोमबार, २६ कात्तिक २०७५

धम्बोझी । धर्म र संस्कृति जोगाउन बाँकेमा प्राथमिक शिक्षा वर्ग सञ्चालन भएको हिन्दू स्वयं सेवक संघ नेपालगञ्जले जनाएको छ । उक्त शिक्षा वर्गमा शारीरिक, बौद्धिक र मानसिकसम्बन्धी प्रशिक्षण दिइने छ । 

शारीरिकतर्फ योग, ध्यान र खेल, बौद्धिकतर्फ वेद धर्मग्रन्थसम्बन्धी तथा मानसिकतर्फ मनलाई कसरी एकाग्र बनाउने भन्ने विषयमा प्रशिक्षण दिइने हिन्दू स्वयंसेवक सङ्घ नेपाल, पश्चिम क्षेत्रका प्रचारक विकुुल दाहालले जानकारी दिए । 

हिन्दू धर्म र संस्कृतिको जगेर्ना गर्ने तथा राष्ट्रप्रति उत्तरदायी, कर्तब्यनिष्ठ, निष्ठावान् र चरित्रवान् नागरिक बनाई समाजको समग्र विकास गर्ने उद्देश्यले प्राथमिक शिक्षा वर्ग सञ्चालन गरिएको उनले बताए । 

यसअघि यस किसिमको शिक्षा वर्ग प्रशिक्षण सुर्खेतमा सम्पन्न भइसकेको, महेन्द्रनगर, डडेल्धुरामा सञ्चालन भइरहेको र आगामी दिनमा ३४ जिल्लामा शिक्षा वर्ग सञ्चालन गरिने आयोजकले जनाएको छ । 

सो शिक्षा वर्गमा बाँके, बर्दिया र सुर्खेत जिल्लाका ७२ जना युवाको सहभागिता रहेको सङ्घले जनाएकोे छ । 

कार्यक्रमको उद्घाटन सत्रमा पूर्वमन्त्री सर्वदेव ओझा, डा. जनार्दन आचार्य, कृष्णा पाण्डे र विश्वनाथ अग्रवालले भाषा, धर्म र संस्कृतिको रक्षाका लागि यस्ता जागरण कार्यक्रम आवश्यक रहेकोमा जोड दिए । 

डा. दीपक अधिकारी, भुवन चन्द्रा, नारायणप्रसाद ढकाल र वासुदेव मिश्रले प्रशिक्षण दिने सङ्घले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप