शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकसँग सहभागिताको शेयर माग्दै डिआईजी अधिकारी

सोमबार, २६ कात्तिक २०७५, १८ : ०९
सोमबार, २६ कात्तिक २०७५

बुटवल– हालै कार्यभार सम्हालेका प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डिआईजी पिताम्बर अधिकारीले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम ’सफल पार्न प्रदेशका विभिन्न जिल्लाका नागरिकसँग सहभागिताको शेयर माग्दै हिँडेका छन् ।

रुपन्देही पाल्पा हुँदै सोमबार गुल्मी  पुगेका उनले भने–‘जसरी तपाई नागरिकहरु सहकारी संस्थामा शेयर हालेर मुनाफा कमाउनुहुन्छ, हाम्रो यस समुदाय प्रहरी साझेदारी कार्यक्रममा पनि सहभागिताको शेयर राखी दिनुहोस, त्यसको मुनाफा पनि हामी तपाईहरुलाईनै दिनेछौं ।’

जिल्लाको सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यामिक विद्यालयमा जिल्ला प्रहरी कार्यालय गुल्मीले आयोजना गरेको  समुदाय प्रहरी साझेदारी कार्यक्रमको परिचयत्माक कार्यक्रमलाई सम्बोधन गर्दै उनले थपे– ‘समृद्ध समाज निमार्णका लागि शान्ति–सुरक्षा अनिवार्य रहेकोले नागरिकहरु विना वर्दीको प्रहरी बनेर अपराध नियन्त्रणमा सहभागि हुन  हामी आग्रह गर्दछौ ।’ 

उनले प्रदेशका सबै जिल्लामा पुगेर सुरक्षा अवस्था बुझेर आफुले बिशेष कार्ययोजना बनाउन लागेको बताए ।  अर्को एक प्रसंगमा उनले खुल्ला सीमामा हुने अवैध सामग्री ओसारपसारमा प्रहरीको समेत संलग्नता  रहेको संकेत प्रति बिशेष चासो दिएको बताउँदै प्रहरी होस् वा जो कोही होस् आफुले नछाड्ने चेतावानी दिए ।

राजमार्गमा हुने बढ्दो दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै न्युनीकरणका लागि   विशेष कार्यक्रम तय गर्ने उनको भनाई थियो । उनले प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल, प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेत लगायतसँग बसेर गुल्मीको सुरक्षा अवस्थाबारे बुझ्दै प्रहरी संगठनको निरीक्षण समेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप