शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल मेडिसिटी अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण गर्दै

सोमबार, २६ कात्तिक २०७५, १७ : ५८
सोमबार, २६ कात्तिक २०७५

काठमाडौं–नेपाल मेडिसिटी अस्पतालले घुँडा जोर्नीसम्बन्धि समस्या भएकाहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । 

नेपाल मेडिसिटी अस्पतालले सोमबार पत्रकार सम्मेलन गरी देशव्यापी रुपमा घुँडा जोर्नीसम्बन्ध समस्या भएका बिरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागिएको जानकारी गराएको हो । ललितपुरको भैंसेपार्टीस्थित अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका प्रबन्ध निर्देशक डा.विजय रिमालले बुधबार हेटौंडाबाट सुरु हुने सो स्वास्थ्य परिक्षण पुस २६ गते नेपालगंजमा पुगेर समापन हुने जानकारी दिए ।

देशका मुख्य–मुख्य सहरहरु वीरगञ्ज, जनकपुर, धरान, दमक, बुटवल, पोखरा र कैलालीमा पनि घुडाको निःशुल्क परीक्षण गरिनेछ । स्वास्थ्य परीक्षणका लागि अस्पतालका हाड जोर्नी विशेषज्ञहरु सहभागी हुने पनि अस्पतालले जनाएको छ ।

अस्पतालले निःशुल्क स्वास्थ्य परिक्षण गराएका बिरामीहरुलाई अस्पतालमै झिकाएर शल्यक्रिया गर्ने योजना पनि बनाएको छ । प्रबन्ध निर्देशक रिमालले अस्पतालको सो सेवाबाट धेरै लाभान्वित हुने विश्वास पनि व्यक्त गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप