बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अभिनेत्री मनिषा कोइरालाको संघर्ष अब ‘हिल्ड’ पुस्तकमा

सोमबार, २६ कात्तिक २०७५, १७ : ५१
सोमबार, २६ कात्तिक २०७५

काठमाडौं – नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले आफ्नो संघर्ष एवम् नीजि कुरा समेटेर पुस्तक ल्याएकी छन् । 

‘हिल्ड’ नामक उक्त पुस्तकको शनिबार घुम्टो खोलिएको छ । क्यान्सरबाट छुट्कारा पाएपछि आफूले नयाँ जीवन पाएको बताउँदै आएकी उनले किताबको मुख्य पृष्ठको साथ ट्वीट गर्दै पुस्तक सार्वजनिक गरेकी हुन् । 
‘क्यान्सरबाट बचेर जीवनलाई फेरि जिउनु र आफूलाई फेरि पाउनुको एक सबक हो’ उनले ट्वीट गरेकी छन् ।  उनले निलमकुमारसँग मिलेर किताब तयार पारेकी हुन् । किताबको उपशीर्षक छ, ‘क्यान्सरले मलाई नयाँ जिन्दगी दियो ।’ 

मनिषाले क्यान्सरबाट नयाँ जीवनको सुरुवात गरेको ६ वर्ष भइसकेको छ । यो दौरानमा उनले निराशा, अनिश्चितता र डरको सामना गरेकी थिइन् । अब उनको मनोभाव उक्त किताबको पान्नामा अटाइएको छ । 
उनले पछिल्लो समय अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जू’ मा काम गरेकी थिइन् । 
 
सन् १९८९ मा नेपाली चलचित्रबाट अभिनय करिअरको सुरुवात गरेकी उनले बलिउडमा कयौं सुपरहिट फिल्म दिएकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप