शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इलेक्ट्रिक स्कुटर 'न्यू"को नयाँ शोरुम इटहरीमा, अटोमोवाइल उद्योगमा नयाँ आयाम

सोमबार, २६ कात्तिक २०७५, १७ : ३९
सोमबार, २६ कात्तिक २०७५

काठमाडौं । नेपाली बजारमा एक वर्ष अघि भित्रिएको इलेक्ट्रिक स्कुटर न्यू ले दुईसय भन्दा बढी स्कुटर विक्री गरिसकेको छ । इको इन्फिनिटी प्रा.लिले भित्र्याएको यो स्कुटरले छोटो समयमै उल्लेख्य मात्रामा व्यापार वढाएको छ ।

इको इन्फिनिटीले इलेक्ट्रिक स्कुटरको बजार प्रवर्धनका लागि देशका विभिन्न भागमा आफ्नो आधिकारीक शोरुम पनि संचालनमा ल्याएको छ । पोखरा अनि धरानमा आफ्नो शाखा विस्तार गरीसकेको इकोले इटहरीमा पनि नयाँ शाखा संचालनमा ल्याई न्यूको विक्री वितरण सुरु गरिसकेको छ ।

पछिल्लो तीन बर्षमा विश्व बजारमा २८ देशका ६०० भन्दा धेरै शहर हरुमा पाँच लाख भन्दा बढीको संख्यामा विक्री भएको इको इन्फिनिटीले जनाएको छ । नेपालको बिद्युतिय सवारी सााधनको बजारमा न्यू एक उत्कृष्ट सावित भएको इको इफिनिटीकी प्रमुख कार्यकारी अधिकृत प्रनयना के.सी.ले बताईन् ।

पेट्रोल स्कुटर प्रयोग भन्दा बिद्युतिय स्कुटर प्रयोग गर्दा बाषिक ५०,००० भन्दा बढी पेट्रोल, मोविल र मर्मत सम्भार खर्चमा बचत हुने कम्पनीको दावी छ । न्यूको प्रयोगबाट वातावरण र पैसा मात्र नभएर पेट्रोल लाइनमा बस्ने समय पनि बचत गर्न सकिने साथै यसका भएको पावरफुल टर्कले ट्राफिक जाम कम गर्न मद्दत गरिरहेको केसीले बताइन् ।

इको इफिनिटीकी प्रमुख कार्यकारी अधिकृत केसीले भनिन्, ‘यो एकदमै राम्रो अनुभब हो जुन यो उद्योगमा कमै ब्यक्तिहरुले विश्वास गरेका छन । यस क्षेत्रमा ३ पाग्रे बिद्युतिय सवारी साधनको सफलताले हामी एकदमै आसावादि छौ कि हामी राम्रोसँग बजार बिस्तार गर्न सफल हुनेछौ ।

विगत एक बर्षमा न्यूले एक कोशेढुङगा पार गरेको छ जुन नेपालमा पहिलो नम्बर प्लेट प्राप्त बिद्युतिय स्कुटर हुनुका साथै एक भन्दा बढी विक्री कक्ष र क बर्गको बैकबाट फाइनान्सको सुबिधा प्राप्त पहिलो २ पांग्रे सवारी साधन हो र यसले स्कुटरले अटोमोवाइल उद्योगमा नयाँ आयाम ल्याउन सक्छ । विश्वले इलेक्ट्रिक सवारी साधन नै भविश्य हो भन्ने बुझेको अवस्थामा विश्व हरित क्रान्तितर्फ गइरहेको छ ।’


इटहरी स्थित योन्जन ट्रेडर्सका प्रबन्ध निर्देशक समिर योन्जनका अनुसार इलेक्ट्रिक सवारी साधनको मुख्य चुनौति भनेको बजारको खराब प्रतिष्ठा थियो जुन मानिसको एक विशेस मानसिकता हुन सक्छ, सबैलाई विश्वास थियो कि इलेक्ट्रिक स्कुटरहरु २ लाख भन्दा माथि हँुदैन ।

उनले भने, ‘इटहरी एक ग्रहणिय बजार हो र काठमाण्डौमा जस्तै न्यू ले राम्रो बजार लिनेछ ।’ न्यू इटहरीका ग्राहकको रोजाइमा पर्न सफल हुनेमा आफू विस्वस्त रहेको योन्जनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप