शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लूम्बिनीको विकासका लागि कोरिया सकारात्मक :  राजदूत सीक

सोमबार, २६ कात्तिक २०७५, १७ : २४
सोमबार, २६ कात्तिक २०७५

 बुटवल–रुपन्देहीको तिलोत्तमा नगरपालिकाका जनप्रनिनिधि र नेपालका लागि दक्षिण कोरियाका राजदूत एचई पार्क योङ्ग सीकबीच छलफल भएको छ ।  नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण र भावी योजनाका बारेमा नगरपालिका र राजदूतबीच छलफल भएको नगर प्रमुख वासुदेव घिमिरेले बताए । सो अवसरमा राजदूत सीकले स्थानीय सरकारका गतिविधिलाई आफूले नजिकबाट नियाल्ने अवसर पाएको भन्दै लुम्बिनी र व्यापारिक नाकाबाट नजिक रहेकाले विकासको प्रचुर सम्भावना रहेको उल्लेख गरेका थिए ।

उनले दक्षिण कोरियाले नेपालमा विभिन्न सहयोगका कार्यक्रम गर्दै आएको बताउँदै राजदूत सीकले योजनाहरुको प्राथमिकीकरणमा विशेष ध्यान दिन जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए । लुम्बिनी क्षेत्रको विकासको लागि आफुहरु सहयोग गर्न निकै सकारात्मक रहेको बताएका थिए ।

त्यस अवसरमा नगर प्रमुख घिमिरेले नगरपालिकामा जनप्रतिनिधिहरु आएपछि सुरु भएका विकास निर्माण,विभिन्न अभियान तथा भावी योजनाहरुका बारेमा राजदुत सीकलाई जानकारी गराएका थिए । नगर प्रमुख घिमिरेले नेपालमा पुनः मिल्क होलिडे सुरु हुँदा किसानहरु मर्कामा परेको उल्लेख गर्दै दुधको बजारीकरणका लागि नगरपालिकाले थ्रीपी मोडलमा दुग्ध प्रशोधन केन्द्र स्थापना गर्न खोजेको बताउँदै यसमा सघाउन राजदूत सीकमार्फत् कोरिया सरकारलाई आग्रह गरेका थिए ।

यस्तै प्राविधिक शिक्षालय, क्षेत्रीय स्तरको बसपार्क, फोहोरमैला प्रशोधन केन्द्र, एकीकृृत ढल निकास योजनालगायत नगरपालिकाले अघि सारेका ठूला आयोजनामा सहयोग गर्न र कोरियाली लगानी भित्र्याउने वातावरण निर्माणमा सजहीकरण गर्न समेत राजदूत सीकलाई नगर प्रमुख घिमिरेले आग्रह गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप