शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिनेशको फर्केर आएन मायालु

सोमबार, २६ कात्तिक २०७५, १७ : ०८
सोमबार, २६ कात्तिक २०७५

काठमाडौँ –दशक अघि ‘पैसा कसले बनायो’ गीत गाएर चर्चामा आएका गायक दिनेश गौतम नयाँ गीत लिएर सांगीतिक बजारमा आएका छन् । दिनेशको  ‘फर्केर आएन मायालु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । पुस्तक प्रसादको शब्द संगीत रहेको यो गीतसँगै संगीत जगतमा दिनेशको कमव्याक भएको छ । 

म्युजिक भिडियोमा कलाकार नाजिर हुसेन र सृष्टि खड्काको अभियन रहेको छ । निशान कश्यपको निर्देशनमा तयार भएको म्युजिक भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् ।

गीतमा संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । दिनेशको ‘म ईश्वर भएको भए’, ‘इमान बेचिदिन्छ मान्छे’, ‘छातीभित्र पतझड राखेको छु’, ‘हो यस्तै रहेछ माया’ लगायतका गीत चर्चित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप